काठमाडौँ, असार ९ गते । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा ओलम्पिक डे–२०२५ मनाइएको छ ।
विश्वभर जुन २३ तारिखलाई विश्व ओलम्पिक डेका रूपमा मनाइँदै आएको छ । नेपालमा पनि ओलम्पिक डे विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ ।
सोमबार एनओसीका पदाधिकारी, खेलाडी, प्रशिक्षक, निर्णायकलगायतले स्वयभ्मूमा भेला भएर बृहत् र्याली आयोजना गरिएको थियो ।
र्यालीको एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । र्याली डल्लुस्थित ओलम्पिक कभर्ड हलमा आएर सकिएको थियो ।