• ९ असार २०८२, सोमबार

उज्वेकिस्तान जाने महिला फुटबल टोलीको विदाइ

blog

विदाइपछि नेपाली महिला खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौँ, असार ९ गते । उज्वेकिस्तानमा जुन २९ देखि आयोजना हुने एएफसी एसियन कप छनोटमा भाग लिने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको विदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सोमबार एक कार्यक्रबिच खेलाडीको विदाइ गरेको हो । खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि प्रसाद लम्साल, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले विदाइ गर्नुभयो । 

छनोट खेलमा लागि एन्फाले यसअघि नै खेलाडी टोलीको घोषणा गरिसकेको छ । नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले दुई दिनअघि टोलीमा प्रतीक्षा चौधरीलाई पहिलो पटक मौका दिँदै खेलाडीको घोषणा गर्नुभएको थियो । टोलीका अधिकांश खेलाडी पुराना नै अनुहार छन् । 

छनोटमा नेपाल समूह ‘एफ’मा रहेको छ । यस समूहमा नेपालसँगै आयोजक उज्वेकिस्तान, लाओस र श्रीलङ्का रहेको छ । नेपालले जुन २९ मा लाओससँग पहिलो खेल खेल्ने छ । 

यस्तै दोस्रो खेल जुलाई २ मा श्रीलङ्कासँग र अन्तिम खेल जुलाई ५ मा आयोजक उज्वेकिस्तानसँग खेल्ने छ । छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने महिला एसिया कपमा छनोट हुने छ ।

नेपाली महिला टोली

गोलरक्षक : एञ्जिला तुम्बापो सुब्बा(कप्तान), अञ्जना रानामगर र उषा नाथ । 

डिफेन्डर : अमृता जैशी, प्रतीक्षा चौधरी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई । 

मिडफिल्डर : अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर र सरस्वती हमाल ।

स्ट्राइकर : सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल । 

लेखक बाट थप