• २७ पुस २०८१, शनिबार

तानसेनमा राष्ट्रपति रनिङ् शिल्ड सुरु

blog

मार्चपासमा सहभागी विद्यार्थीहरू । तस्बिर : गोरखापत्र

रेखीराम राना

तानसेन, माघ १६ गते । तानसेनको टुँडिखेल मैदानमा पाँचौँ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु भएको छ । मङ्गलबारदेखि सुरु प्रतियोगिताको लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले उद्घाटन गर्नुभयो ।

चार दिनसम्म चल्ने प्रतियोगितामा संस्थागत र सामुदायिक गरी २७ विद्यालयका ९२७ विद्यार्थीले भाग लिएका छन् । विभिन्न ५३ विद्यामा प्रतिस्पर्धा हुनेछ । एथलेटिक्स, कराँते, तेक्वान्दो, भलिबल र कबड्डी लगायतका खेल खेलाइने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष हेमन्तराज शाक्यले जानकारी दिनुभयो । 

प्रतियोगितामा १३ देखि १८ वर्षसम्मका खेलाडीले भाग लिएका छन् । पहिलो दिन विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीले टुँडिखेलमा मार्चपास गर्नुका साथै दौड, कबड्डी भलिबललगायतका खेल खेलाइएको तानसेन नगरपालिका शिक्षा शाखाले जनाएको छ ।