• २७ पुस २०८१, शनिबार

गीता र श्रेयालाई टेबलटेनिस उपाधि

blog

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिसको पहिलो दिन प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, माघ १६ गते । छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पहिलो दिन मङ्गलबार गीता थापामगर र श्रेया धर आआफ्नो विधामा च्याम्पियन बन्नुभएको छ ।

ललितपुर टेबलटेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा भइरहेको प्रतियोगिताअन्तर्गत नेपालका पूर्व नम्बर एक टेबलटेनिस खेलाडी गीताले ४० वर्ष माथिको इभेन्टमा स्वर्ण पदक जित्नुभयो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा धरान एन्ड टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीकी गीताले ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस एकेडेमीकी इन्दिरा पौडेल पराजुलीलाई सोझो सेटमा ११–९, ११–३ र ११–५ ले हराउनुभयो ।

सो इभेन्टमा ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस एकेडेमीकी सम्झना पोखरेल र च्यासल युथ क्लबकी विजेता व्यञ्जन्कार संयुक्तरुपमा तेस्रो स्थानमा रहनुभयो । सेमिफाइनलमा गीताले सम्झनलाई ११–२, ११–४, ११–६ र इन्दिराले विजेतालाई ११–४, ११–५, ११–२ ले हराएर फाइनलमा स्थान बनाउनुभएको हो ।

यु–१६ गल्र्स एकलमा धरान एन्ड टिस्टा र टोर्साकी श्रेयाले फाइनलमा स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीकी सुस्मिता खड्कालाई १२–१०, ११–४ र ११–८ ले हराएर स्वर्ण पदक जित्नुभयो । श्रेयाले एपीएफकी सोनाम ठाकुरलाई ११–७, ११–३, ११–६ र सुस्मिताले होप्स एकेडेमीकी युगी पौडेललाई १२–१०, ११–५, ४–११, १०–१२ र ११–६ ले हराएर फाइनलमा स्थान बनाउनुभएको हो ।

भारत र चीनका खेलाडी पनि सहभागी यस प्रतियोगितामा पुरुष/महिला एकल र टिम, पुरुष एकल भेट्रान ४० वर्षमाथि र ५५ वर्षमाथि, महिला एकल भेट्रान ४० वर्षमाथि तथा यु–१६ ब्वाइज÷गल्र्स एकल गरी नौ स्पर्धामा प्रतिस्पर्धा हुँदैछ ।