• १३ साउन २०८१, आइतबार

क्यानडासँगको सिरिजका लागि नेपाल तयार

blog

सिरिजअघि ट्रफी सार्वजनिक गर्दै नेपाल र क्यानडाका कप्तान ।

काठमाडौँ, माघ २४ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्यानडाविरुद्ध बिहीबारदेखि सुरु हुने तीन खेलको एक दिवसीय क्रिकेट सिरिजका लागि नेपाली टोली तयार रहेको बताउनुभएको छ ।

सिरिजअघि बुधबार आयोजित पत्रकार सम्मेलनमा रोहितले टोलीले लामो तयारी गर्न नपाएपनि राम्रो खेल्ने बताउनुभयो । ‘‘ हामीले यस सिरिजका लागि भनेर छुट्टै तयारी गर्न पाएका छैनौँ । तरपनि टिमको रूपमा दुई दिन अभ्यास गरेका छौँ । सियिनर खेलाडी प्रधानमन्त्री कपमा व्यस्त रहेको र जुनियर खेलाडी पनि भर्खरै यु–१९ विश्वकप खेलेर फर्किएकोले खेलाडीले भरपुर एक्पोजर पाइरहेका छौँ । नियमित खेलिरहेकोले सिरिज जित्ने लक्ष्य छ,’’ रोहितले भन्नुभयो ।

यस्तै नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले क्यानडासँगको सिरिज प्रतिस्पर्धात्मक हुने बताउनुभयो । उहाँले टोलीमा नयाँ र पुराना खेलाडीको सम्मिश्रण रहेकोले राम्रो खेल्ने सबै उत्साहित रहेको बताउनुभयो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फेब्रुअरी ८, १० र १२ तारिख हुने सिरिज सिरिजका लागि नेपालले यसअघिकै १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले पनि आफ्नो टोली घोषणा गर्नुभएको छ ।