• ६ जेठ २०८१, आइतबार

इरानलाई हराउँदै कतार फाइनलमा

blog

इरानविरुद्ध गोल गरेपछि कतारका खेलाडी

काठमाडौँ, माघ २५ गते । आयोजक कतार एफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहामा बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा कतारले इरानलाई ३–२ गोलले हरायो ।

फाइनलमा कतारले शनिबार जोर्डनसँग खेल्नेछ । जोर्डनले दुई पटकको च्याम्पियन दक्षिण कोरियालाई हराउँदै पहिलो पटक फाइनलमा स्थान बनाईसकेको छ । 

कतार लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता भने इरानले लिएको थियो । चौथो मिनेटमै गोल गर्दै सर्दार अजमोउनले इरानलाई अग्रता दिलाउनुभयो ।

कतारका जासिम गाबेरले १७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ४३औँ मिनेटमा अक्रम अफिफले गोल गर्दै घरेलु टोलीलाई अगाडि बढाउनुभयो । ५१औँ मिनेटमा इरानका अलिरेजा जहानबाक्लेले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

त्यसपछि ८२औँ मिनेटमा अलमोइज अलीले गोल गर्दै कतारलाई राजिताउनुभयो । इन्जुरी समयमा सोजाइ खालिजादेहले रातो कार्ड पाएपछि इरानले १० खेलाडीमा खेल सकेको थियो । एजेन्सी