• १३ साउन २०८१, आइतबार

नेपालद्वारा क्यानडालाई २२५ रनको लक्ष्य

blog

तीन खेलको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले क्यानडालाई जितका लागि दुई सय २५ रनको लक्ष्य दिएको छ ।

काठमाडौँ, माघ २५ गते । तीन खेलको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले क्यानडालाई जितका लागि दुई सय २५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय २४ रन बनाएको छ । 

नेपालका लागि ओपनर कुशल भुर्तलले ६२ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो । उहाँले ५८ बलमा नौ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सर्राफले १५ र सूर्य तामाङले १० रन बनाउनुभयो ।

बलिङमा क्यानडाका उदय भगवानले तीन विकेट लिनुभयो । साद विन जफर र इश्र्वारजोत सोहीले दुई दुई तथा साहित अमदजाई र हर्स थाकेरले एक एक विकेट लिनुभयो । नेपाल र क्यानडाबिचको दोस्रो खेल फेब्रुअरी १० र अन्तिम खेल १२ तारिख हुनेछ । 

क्यानडाविरुद्ध नेपाल–११

रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, ललितनारायण राजवंशी, कुशल मल्ल, भीम सार्की, आरिफ सेख, पवन सर्राफ, सोमपाल कामी, सूर्य तामाङ र रिजन ढकाल ।