• १५ वैशाख २०८१, शनिबार

नेत्रहीन क्रिकेटमा कर्णाली प्रदेश विजयी

blog

कोहलपुरमा क्रिकेट खेल्दै नेत्रहीन खेलाडीहरू । तस्बिर : गोरखापत्र

सिराज खान 

नेपालगन्ज, फागुन ६ गते । नेत्रहीन क्रिकेट सङ्घद्वारा बाँकेको कोहलपुरमा आयोजना गरिएको नेत्रहीन क्रिकेट प्रतियोगितामा आइतबार कर्णाली प्रदेश विजयी भएको छ ।  

कर्णाली प्रदेश दृष्टिविहीन क्रिकेट सङ्घ सुर्खेतको टोलीले लुम्बिनी नेत्रहीन क्रिकेट सङ्घ, रुपन्देहीलाई २९ रनले हरायो । लुम्बिनी प्रदेशले टस जितेर फिल्डिङ रोजेको थियो । कर्णालीले ६ विकेटको क्षतिमा एक सय ५७ रन बनाएर लुम्बिनीको लागि एक सय ५८ रनको लक्ष्य दिएको थियो । 

लुम्बिनीले जवाफी ब्याटिङमा १६ ओभरमा अल आउट हुँदै एक सय २८ रन बनाएको थियो । प्लेयर अफ दि म्याच घोषित हुनुभएका कर्णालीका यज्ञबहादुर थापाले ५७ रन बनाउनुभयो । कोहलपुरमा सञ्चालन भइरहेको प्रतियोगितामा बाँके, बर्दिया, चितवन, कर्णाली र लुम्बिनीका नेत्रहीन खेलाडीको सहभागिता रहेको छ ।