• १५ वैशाख २०८१, शनिबार

विश्वकप क्रिकेट लिग–२ : नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै

blog

फाइल तस्बिर ।

काठमाडौँ, फागुन ५ गते । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा (अहिले) शनिबार बिहान नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्नुभएको छ  सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यमा छ । 

यता नेदरल्यान्ड्स पनि जितसहित सिरिज सुरुवात गर्ने तयारीमा छ । नेदरल्यान्ड्सविरुद्ध नेपालले दीपेन्द्रसिंह ऐरी र देव खनाललाई मौका दिएको छ । करण केसी र पवन सर्राफलाई बेन्चमा राखेको छ । 

नेदरल्यान्ड्सविरुद्ध नेपाल-११ 

रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, गुलशन झा, सोमपाल कामी र ललित राजवंशी ।