• ६ जेठ २०८१, आइतबार

पिस प्वाइन्ट र काष्ठमण्डप उपाधि नजिक

blog

लोयल्टी कपको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, फागुन १० गते । पिस प्वाइन्ट र काष्ठमण्डप १२औँ लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको पहिलो सेमिफाइनलमा पिस प्वाइन्टले चेल्सी वर्ल्ड स्कुललाई १–० गोलले हरायो । पिस प्वाइन्टको जितमा हिमाल थिङले निर्णायक गोल गर्नुभयो । चेल्सीका लोभेन्सन तामाङ ‘म्यान अफ दि म्याच’ घोषित हुनुभयो । 

अर्को सेमिफाइनल खेलमा काष्ठमण्डपले आयोजक लोयल्टी ‘बी’ लाई टाइब्रेकरमा ३–२ गोलले हरायो । पेनाल्टीमा काष्ठमण्डपका अध्ययन शेरचन, विशांक कार्की र साहस ढकालले गोल गर्नुभयो । 

लोयल्टी ‘बी’ का साहिल राई र गौरव राईले गोल गर्नुभएको थियो । लोयल्टी ‘बी’ का साहिल राई ‘म्यान अफ दि म्याच’ हुनुभयो । फाइनल खेल शुक्रबार हुनेछ ।