• ६ जेठ २०८१, आइतबार

लोयल्टी र काभ्या क्वार्टरफाइनलमा

blog

मङ्गलबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौंँ, फागुन ८ गते । आयोजक लोयल्टी ‘बी’ र काभ्या १२औँ लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

मण्डिखाटारस्थित घरेलु मैदानमा मङ्गलबार भएको खेलमा लोयल्टी ‘बी’ ले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ५–० गोलले हरायो । लोयल्टी ‘बी’ का लागि साहिल राईले ह्याट्रिक  गर्नुभयो । विंगु थापाले दुई गोल थप्नुभयो । रिलायन्सका अनुपराज चौहान ‘म्यान अफ दि म्याच’ घोषित हुनुभयो । 

यस्तै काभ्याले दोहोरो जित निकाल्यो । काभ्याले सिद्धार्थ वनस्थलीलाई १–० गोलले हरायो । रौनक बस्नेतले निर्णायक गोल गर्नुभयो । सिद्धार्थका ऋजेन्द्र पोखरेल ‘म्यान अफ दि म्याच’ चुनिनुभयो । अर्को खेलमा काभ्याले रिलायन्सलाई १–० गोलले नै स्तब्ध बनायो । काभ्यका लागि दिप्सन श्रेष्ठले निर्णायक गोल गर्नुभयो । रिलायन्सका दिवासन राई ‘म्यान अफ दि म्याच’ हुनुभयो । 

यस्तै चेल्सी वर्ल्ड स्कुल र नेपाल पुलिस स्कुलले पनि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।  पुलिसले मनास्लुलाई १–० गोलले पाखा लगायो । पुलिसका सनिश आले मगरले गोल गर्नुभयो । 

मनास्लुका दिप्सन अधिकारी ‘म्यान अफ दि म्याच’ हुनुभयो । चेल्सी विरुद्धको खेलमा पुलिस ३–० गोलले पछि परेको छ । चेल्सीका दर्शित थापा, सुवास तामाङ र रोविन श्रेष्ठले गोल गर्नुभयो । पुलिसका सुदिप तामाङ ‘म्यान अफ दि म्याच’ बन्नुभयो ।