• ६ जेठ २०८१, आइतबार

वाफ महिला फुटबल : नेपालको विजयी सुरुवात

blog

समूहको पहिलो खेलका प्रतिस्पर्धा गर्दै नेपाल र सिरियाका खेलाडी ।

काठमाडौँ, फागुन ९ गते । नेपालले वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपमा विजयी  सुरुवात गरेको छ ।

साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी रङ्गशालामा मङ्गलबार राति भएको खेलमा नेपालले सिरियालाई ४-१ गोलले हरायो ।

नेपालको जितमा आमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गर्नुभयो । सिरियाका लागि कप्तान नुर मुस्ताफाले एक गोल फर्कार्नुभयो ।  जितसँगै समूह बी मा रहेको नेपालले तीन अङ्क जोडेको छ ।

यस खेलबाट नेपालका लागि सरस्वती हमालले नेपालका लागि ‘डेब्यु’ गर्नुभएको छ ।  नेपालले दोस्रो खेल बिहीबार इराकसँग खेल्नेछ ।

पश्चिमी क्षेत्र (गल्फ) का देशहरु सम्मिलित यस प्रतियोगितामा नेपालले आमन्त्रित टोलीको हैसियतमा पहिलो पटक सहभागिता जनाएको हो ।