• १२ साउन २०८१, शनिबार

बेलबारीको विजयी सुरुवात

blog

उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

उर्लाबारी समाचारदाता

उर्लाबारी, फागनु १२ गते । राइजिङ व्रदर्श छटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिता २०२४ को उद्घाटन खेलमा बेलबारी फुटबल क्लब विजयी भएको छ । 

मोरङको पथरीशनिश्चरे १० स्थित भुटानी शरणार्थी शिविरको व्यवस्थापन समितिले आयोजना गरेको प्रतियोगितामा बिर्तामोड युनाइटेडलाई १–० गोलले हरायो । बेलबारीको जितको लागि २६औँ मिनेट बीरेन लिम्बूले गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।

उद्घाटन खेलको मन अफ दि म्याच बेलबारीमा आदित्य तामाङ घोषित हुनुभयो । उहाँले ट्रफि सहित तीन हजार रुपियाँ प्राप्त गर्नुभयो । प्रतियोगितामा पूर्वी नेपाल र भारतको एक गरी १० वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले दुई लाख रुपियाँ, ट्रफि तथा उपविजेताले लाख रुपियाँ र ट्रफि पाउनेछन् ।