• १७ असार २०८२, मङ्गलबार

पोखराद्वारा भुर्तेलसहित सात खेलाडी रिटेन

blog

कुशल भुर्तेल । फाइल तस्बिर

काठमाडौँ, असार १६ गते । नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले दोस्रो संस्करणका लागि कुशल भुर्तेलसहित सात खेलाडीलाई रिटेन गरेको छ । 

पोखराले कुशललाई मार्की खेलाडीको रूपमा रिटेन गरेको हो । पोखराले कुशलसहित आकाश चन्द, तृतराज दास, विपिन खत्री, किरण ठगुन्ना, दिनेश खरेल र सागर ढकाललाई यसपटक निरन्तरता दिएको छ । 

पहिलो संस्करणमा पोखराले सातौँ स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि मिनी अक्सन हुनुअघि फ्रेन्चाइज टोलीले धमाधम खेलाडी रिटेन र रिलिज गर्न थालेका हुन् ।