काठमाडौँ, असार १६ गते । सरकारले खेलसँग सम्बध खेलाडी, प्रशिक्षचक र खेलपत्रकारलाई सम्मान गरेको छ ।
युवा तथा खेलकुदमन्त्रालय सिंहदरबारमा सोमबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ६ जना खेलाडी, प्रशिक्षक, निर्णायका र चिकित्सक तथा १० जना खेल पत्रकारलाई सम्मान गर्नुभएको हो । खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सकलाई सम्मानपत्रसहित जनही एक लाख रुपियाँ प्रदान गरियो ।
सम्मानित हुने खेलाडीमा पारा तेक्वान्दोका भरतसिंह महता, तेक्वान्दोका प्रेमबहादुर लिम्बू, तेक्वान्दोकै वीरबहादुर महरा, कबड्डीका अनुजा कुलुङ राई र मानमती विष्ट तथा फुटबलतर्फ दिपा शाही हुनुहुन्छ ।
यस्तै तेक्वान्दो प्रशिक्षक कविराज नेगी, बक्सिङ निर्णायक धनकुमार मैनाली र चिकित्सक राजु डंगोल महर्जनलाई पनि सम्मान गरिएको छ ।
यसैगरी मन्त्रालयले खेलकुद पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान गर्नेमा नयाँ पत्रिकामा कार्यरत श्रीलोचन राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान प्रदान गरेको छ ।
सम्मानित अन्य पत्रकारहरूमा मुकुन्द घिमिरे (कोशी), शरद चन्द्र भट्टराई (मधेश), विक्रम कुमार बानियाँ (बागमती), दिनानाथ बराल (गण्डकी), स्वस्तिक श्रेष्ठ (लुम्बिनी), दिनेश कुमार बुढा (कर्णाली), दिनेशबहादुर विष्ट (सुदूरपश्चिम), नमिता दाहाल (समावेशी महिला) र रुपा गहतराज (समावेशी) हुनुहुन्छ ।
उक्त कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति–२०८२ पनि सार्वजनिक गरेको थियो ।