• २४ वैशाख २०८१, सोमबार

गुहेश्वरी, बौद्ध र प्यारागनलाई उपाधि

blog

चाँदबाग कम्फेस्टको ब्वाइज बास्केटबल उपाधि विजेता प्यारागन टोली ।

काठमाडौँ, फागुन १२ गते । गुहेश्वरी, प्यारागन र बौद्ध चिल्ड्रेन हेभनले द चाँदबाग स्कुल दोस्रो कम्फेस्टअन्तर्गत फुटबल र बास्केटबलको उपाधि जितेका छन् । गुहेश्वरी ब्वाइज फुटबल, प्यारागन ब्वाइज बास्केटबल र बौद्ध गल्र्स बास्केटबलमा च्याम्पियन बनेका हुन् । तीनै प्रतिस्पर्धा यु–१२ उमेर समूहको हो ।

बाँसबारीस्थित आयोजक द चाँदबाग स्कुलमा भएको ब्वाइज फुटबलको फाइनलमा गुहेश्वरीले टीआईएलाई १–० गोलले हरायो । गुहेश्वरीका तकेन्द बुढा क्षेत्री र उत्कृष्ट खेलाडी तथा टीआईएका नोर्बु तामाङ उत्कृष्ट गोलरक्षक घोषित हुनुभयो । टीआईएका प्राण्जल बस्नेत प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बन्नुभयो । 

ब्वाइज बास्केटबलको फाइनलमा प्यारागनले मनास्लुलाई १६–८ ले हरायो । प्यारागनका अभिषेक घर्ती ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिनुभयो। गल्स बास्केटबलको उपाधि भिडन्तम बौद्धले चेल्सी वर्ल्ड स्कुलको चुनौती १४–१२ ले पन्छायो । बौद्धकी जस्मिन गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ बन्नुभयो ।

विजेतालाई यु–१६ राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक चक्रबहादुर तामाङ, चाँदबागका अध्यक्ष दामोदर लामिछाने, सीजी एजुकेसनकी बिजनेस युनिट हेड गर्ली अग्रवाल, सीजी एडुकेसनका शैक्षिक प्रमुख भूषण गुरुङ, प्रिन्सिपल चन्द्रायन प्रधान श्रेष्ठलगायतले एक कार्यक्रमबिच पुरस्कृत गर्नुभयो । फागुन ६ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइज÷गल्स बास्केटबलमा समान १२–१२ तथा फुटबलमा २२ टिमले प्रतिस्पर्धा गरेका थिए ।