राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप एपिएफ र सुदूरपश्चिमले जिते
विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल २०८० को उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदूरपश्चिम प्रदेशले हात पारेका छन् ।
राष्ट्रिय महिला भलिबल : एपीएफ, बागमती, लुम्बिनी र कोशी सेमिफाइनलमा
एपीएफ क्लब, बागमती, लुम्बिनी र कोशी प्रदेश प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एनएनआइपिए स्पोर्ट्स अवार्ड चैतमा
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको आयोजनामा एनएनआइपिए स्पोर्ट्स अवार्ड आगामी चैत १२ गते हुने भएको छ ।
आयोजक यूथलाई उपाधि
आयोजक यूथ फुटबल क्लबले छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
साफ यु–१६ महिला च्याम्पियनसिप : नेपालको पहिलो जित
नेपालले साफ यु–१६ महिला च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा जारी प्रतियोगितामा सोमबार नेपालले भुटानलाई ३–० गोलले हरायो ।
ताप्लेजुङमा कबड्डी संघ गठन
ताप्लेजुङमा पहिलो पटक कबड्डी सङ्घ गठन भएको छ। सदरमुकाम फुङ्लिङमा सम्पन्न प्रथम भेलाले मदनकुमार सेन्दाङ अध्यक्ष रहेको ताप्लेजुङ जिल्ला कबड्डी सङ्घ गठन गरेको हो।
आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई हराउँदै आर्मी च्याम्पियन
मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ।
त्रिकोणात्मक टी–२० सिरिज: फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने
त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबिचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ। खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अङ्क बाडेका छन्।
नामिबिया र नेदरल्यान्ड्सको खेल वर्षाले प्रभावित
राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सको खेल वर्षाले प्रभावित भएको छ ।
यु–१३ अन्तर विद्यालय २०८० को उपाधि द ओल्डक्यापिटल माविलाई
यु –१३ अन्तर विद्यालय २०८० को उपाधि द ओल्डक्यापिटल माविले हात पारेको छ ।लक्ष्मी सामुदायिक शिक्षा सदनलाई २–० गोलले पराजित गर्दै द ओल्ड क्यापिटल माविले उपाधि जित्न सफल भएको हो ।
मच्छिन्द्रले जित्यो केपी ओली कप उपाधि
केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र क्लबले जितेको छ ।
‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ सुरु
फुटबलका प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसाथ कोहलपुरमा ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ सुरु भएको छ ।
त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्यान्ड्समाथि नेपाल ६ विकेटले विजयी
नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ ।
महिला हक्कीमा सुदूरपश्चिम तेस्रो
सुदूरपश्चिम प्रदेश प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा शनिबार तेस्रो भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा जनकपुरमा भइरहेको प्रतियोगितामा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५–० गोलले हरायो ।
अनीशलाई प्रधान सेनापति म्याराथन उपाधि
प्रधान सेनापति खुरा म्याराथनको उपाधि पर्वतका अनीश थापामगरले जित्नुभएको छ । शनिबार काठमाडौँमा सम्पन्न म्याराथन पुरुषमा अनीशले निर्धारित दुरी दुई घण्टा २२ मिनेट ५९ सेकेन्डमा पूरा गर्नुभयो । उहाँले मोटर साइकल र तीन लाख रुपियाँ पुरस्कार पाउनुभयो ।
नेपाललाई नेदरल्यान्ड्सले दियो १२१ रनको मध्यम लक्ष्य
नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलमा जितका लागि नेपाललाई नेदरल्यान्ड्सले एक सय २१ रनको मध्यम लक्ष्य दिएको छ ।
भुटानिज यूथ र आयोजक यूथबिच फाइनल भिडन्त
सहआयोजक भुटानिज यूथ क्लब (विवाइसी) बेलडाँगी मोरङको पथरीशनिश्चरे–१० स्थित प्रस्तावित नगर रङ्गशालामा जारी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
‘युवालाई नेतृत्वदायी भूमिका प्रदान गर्न सरकार क्रियाशील’
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले युवालाई रोजगारी सिर्जना गरी उद्यमशीलता, क्षमता र नेतृत्व विकासमा सरकारले जोड दिइएको बताउनुभएको छ ।
त्रिकोणात्मक टी–२० सिरिज : नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै
नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।
गण्डकी प्रदेश र एपिएफ फाइनलमा भिड्दै
कोशी प्रदेश मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेश र एपिएफबिच प्रतिस्पर्धा हुने भएको छ ।
राष्ट्रिय महिला भलिबलमा शनिबार पाँच खेल हुँदै
प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शनिबार पाँच खेल हुँदैछ । जिल्ला भलिबल सङ्घ पाल्पाको आयोजना र प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धनमा भइरहेको प्रतियोगितामा पहिलो चरणको पाँच खेल हुने आयोजकले जनाएको छ ।
राष्ट्रिय महिला भलिबल : उद्घाटन खेलमा लुम्बिनी विजयी
प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश विजयी भएको छ ।
पविन र क्षितिज सेमिफाइनलमा
त्रिभुवन आर्मी क्लबका पविन लिङ्गथेप र एपिएफका क्षितिज खनाल १३औँ पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको शिर्ष आठ बाहेकको पुरुष एकलको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।
र्याफ्टिङ टोली भारत जाने
विश्व र्याफ्टिङ महासङ्घको आयोजना तथा भारतीयर्याफ्टिङ फाउन्डेसनको तत्वावधानमा हुने एसियाली र्याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्य नेपाली टोली शनिबार भारतको हिमान्चल प्रदेश जाने भएको छ ।