• १२ साउन २०८१, शनिबार

अनीशलाई प्रधान सेनापति म्याराथन उपाधि

blog

उपाधि विजेता खेलाडीहरु । तस्बिर : सैनिक मुख्यालय

काठमाडौँ, फागुन १९ गते । प्रधान सेनापति खुरा म्याराथनको उपाधि पर्वतका अनीश थापामगरले जित्नुभएको छ । शनिबार काठमाडौँमा सम्पन्न म्याराथन पुरुषमा अनीशले निर्धारित दुरी दुई घण्टा २२ मिनेट ५९ सेकेन्डमा पूरा गर्नुभयो । उहाँले मोटर साइकल र तीन लाख रुपियाँ पुरस्कार पाउनुभयो ।


एपीएफका किरणसिंह बोगटी दोस्रो हुनुभयो । दुई घण्टा २३ मिनेट १५ सेकेन्डमा दौड सक्नुभएका किरणले दुई लाख रुपियाँ पुरस्कार पाउनुभयो । नेपाली सेनाका राजन रोकाया तेस्रो बन्दै एक लाख रुपियाँ पुरस्कार पाउनुभयो । म्याराथनमा शीर्ष १० मा अटाउने खेलाडीलाई नगद पुरस्कार प्रदान गरियो । 


यस्तै २१ किमी महिला हाफ म्याराथनमा धादिङ्की सन्तोषी श्रेष्ठ पहिलो हुनुभयो । एक घण्टा १६ मिनेट २२ सेकेन्डमा दौड सक्नुभएको उहाँले २५ हजार रुपियाँ र स्कुटर पुरस्कार पाउनुभयो । पुलिसकी रामकाया बुढा दोस्रो बन्दै ५० हजार र तेस्रो हुनुभएकी पुलिसकै राजपुरा पछाईले ३५ हजार रुपियाँ पाउनुभयो । 


यस्तै पुरुष हाफ म्याराथनमा सेनाका दीपक अधिकारी पहिलो हुनुभयो । एक घण्टा पाँच मिनेट ११ सेकेन्डमा दौड सक्नुभएका उहाँले ७५ हजार रुपियाँ र मोटरसाइकल पुरस्कार पाउनुभयो । सेनाकै नरेन्द्र रावल दोस्रो बन्दै ५० हजार तथा आर्मीकै गजेन्द्र राई तेस्रो बन्दै ३५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।


प्रतियोगितामा १० किमी, पाँच किमीका दौड पनि समावेश गरिएको थियो । विजेतालाई प्रधान सेनापति प्रभुराम शर्मालगायतले पुरस्कार प्रदान गर्नुभयो ।