सन् २०१४ वर्ल्ड कप लिजेन्ड्सलाई एक्स्ट्राटेक क्रिकेटको उपाधि
सन् २०१४ वर्ल्ड कप लिजेन्डले तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप क्रिकेटको उपाधि जितेको छ ।
बुढासुब्बा गोल्डकप : पुलिसलाई हराउँदै मोरङ सेमिफाइनलमा
विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० गोलले हराउँदै मोरङ जिल्ला फुटबल क्लब २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
महिला फुटबलरको सफलता सराहनीय : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कठिन अवस्थामा नेपाली महिला फुटबल खेलाडीले प्राप्त गरेको सफलता सराहनीय भएको बताउनुभएको छ ।
पहिलो पटक अन्तरनगर महिला कबड्डी, १७ नगरपालिकाबिच प्रतिस्पर्धा
भक्तपुर नगरपालिकाले नेपालमै पहिलो पटक आयोजना गर्न लागेको अन्तरनगर महिला कबड्डी प्रतियोगितामा सातवटै प्रदेशबाट १७ वटा नगरपालिकाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
तिलोत्तमामा ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ उद्घाटन
रुपन्देहीको तिलोत्तमामा नौ महिनामै तयार भएको अन्तर्राष्ट्रिय स्तरको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सोमबार एक कार्यक्रमका बिच मैदानको उद्घाटन गर्नुभयो ।
लिभरपुल र सिटी बराबरीमा रोकियो
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दाबेदार लिभरपुल र म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले सिटीसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । यस बराबरीले दुवै टोलीलाई घाटा पुगेको छ भने शीर्ष टोली आर्सनललाई फाइदा पुगेको ।
बङ्गलादेशलाई साफ यु–१६ महिला च्याम्पियनसिप उपाधि
साफ यु–१६ महिला च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बङ्गलादेशले भारतलाई टाइब्रेकरमा ३–२ गोलले हरायो ।
एसियाली छनोट खेल्ने तेक्वान्दो टोली चीन जाँदै
फ्रान्सको पेरिसमा आयोजना हुने ओलिम्पक तथा पारालिम्पक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोको दुई टोली चीन जाने भएको छ ।
नेपाल र हङकङको खेल वर्षाले रद्द
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र हङकङबिचको खेल वर्षाका कारण रद्द भएको छ ।
सैनिक खेल मैदानमा खुला प्यारापिट बनाइने
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–१ सैनिक खेल मैदानमा खुला प्यारापिट निर्माण कार्य सुरु भएको छ ।
आर्सनल शीर्ष स्थानमा
आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २–१ गोलले हरायो ।
झापा गोल्डकप : चर्च ब्वाइज र एपिएफबिच उपाधि भिडन्त
छैटौँ झापा गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज क्लब काठमाडौँ र विभागीय टोली एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।
एसियाली र्याफ्टिङ : हेड टु हेडमा नेपाललाई स्वर्ण
नेपालले एसियाली र्याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा स्वर्ण जितेको छ ।
‘डा. ओम फाउन्डेसन’ द्वारा विजेता विद्यार्थीलाई पुरस्कार वितरण
‘डा. ओम फाउन्डेसन’ले विद्यालयस्तरीय राष्ट्रव्यापी प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । शनिवार एक कार्यक्रमका बिच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा विजयी विद्यार्थीलाई नगद पुरस्कार, प्रमाण पत्र तथा मेडल प्रदान गरिएको हो ।
बुढासुब्बा गोल्डकपः धरान फुटबल क्लब विजयी
धरान फुटबल क्लबले २४औँ बुढासुब्बा गोल्डकपमा राम्रो सुरुआत गरेको छ । शनिबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले पाहुना टोली भारतको युकेएफसीलाई सडन डेथमा पराजित गर्यो । जितसँगै धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेटौँडामा टी–२० क्रिकेट प्रतियोगिता सुरु
हेटौँडा–४ हुप्रचौरमा अन्तर क्याम्पस टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले शनिबार उद्घाटन गर्नुभयो ।
नौ महिनामै बन्यो ४० करोडको क्रिकेट मैदान
रुपन्देहीमा निजी लगानीमा ९ महिनामै अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको पहिलो चरणको संरचना सकिएसँगै फागुन २८ गते उद्घाटन गरेर खेल पनि सञ्चालन गरिदैछ ।
कञ्चनजङ्घा सेसेलुङ गोल्डकपको आयव्यय सार्वजनिक
ताप्लेजुङमा सञ्चालित प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ । चासोक तङ्नाम (न्वागी पर्व) २०८० को अवसरमा सञ्चालित गोल्डकप प्रतियोगिता सम्पन्न भएको अढाई महिनापछि आयव्यय सार्वजनिक भएको हो ।
आर्मी र पुलिसलाई कबड्डी उपाधि
त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले कबड्डी सुपर लिगको उपाधि जितेका छन् ।
नेपाल हङकङसँग ७३ रनले पराजित
हङकङसँगको अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ । मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा शनिबार जितका लागि घरेलु टोली हङकङले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३९ रनमा समेटिएको थियो ।
खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु
स्याङ्जाको वालिङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । वालिङ भलिबल क्लबको चौथो वार्षिकोत्सवको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता गरिएको हो ।
लुम्बिनी प्रदेशस्तरीय महिला फुटबल खेलाडी छनोट सुरु
दाङमा लुम्बिनी प्रदेशस्तरीय महिला फुटबल खेलाडी छनोट कार्यक्रम भएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजना तथा दाङ जिल्ला फुटबल सङ्घको समन्वयमा महिला खेलाडी छनोट कार्यक्रम सुरु भएको हो ।
४ गण हेडक्वाटरलाई बाहिनीपति कप उपाधि
सशस्त्र प्रहरी सङ्गठनको पेसागत गतिविधि चक्रअन्तर्गत सुनसरीको बराह वाहिनी पकलीमा सञ्चालित वाहिनीपति कप सशस्त्र प्रहरी बल नेपाल ४ गण हेडक्वाटर सुनसरीले जितेको छ ।
उत्कृष्ट खेलाडीलाई मेडल तथा ट्रफी प्रदान
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा एमाले खेलकुद विभाग प्रमुख कर्णबहादुर थापाले स्ववियूले गरेको रचनात्मक कामका प्रशंसा गर्दै गतिविधिलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।