• ८ मंसिर २०८१, शनिबार

लिभरपुल र सिटी बराबरीमा रोकियो

blog

बराबरी गोल गरेपछि खुसी मनाउँदै लिभरपुलका खेलाडी । तस्बिर : स्काई स्पोर्ट्स

काठमाडौँ, फागुन २८ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दाबेदार लिभरपुल र म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले सिटीसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । यस बराबरीले दुवै टोलीलाई घाटा पुगेको छ भने शीर्ष टोली आर्सनललाई फाइदा पुगेको ।  

खेलमा सुरुवाती अग्रता सिटीले लिएको थियो । जोन स्टोन्सले २३औँ मिनेटमा गोल गर्दै टोलीको उत्साह जगाउनुभयो । त्यसपछि ५०औँ मिनेटमा लिभरपुलका एलेक्सिस मक्यालिस्टरले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । 

सिटीका गोलरक्षक एडर्शनले डार्विन नुनेजलाई डिबक्स भित्र फल हानेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । त्यसपछि थप गोल नहुँदा दुवै टोली अङ्क बाँड्न बाध्य भए । यी दुई टोलीको बराबरी पछि २८ खेलबाट ६४ अङ्क बनाएको आर्सनल शीर्ष स्थानमा यथावत् छ । समान खेलबाट ६४ अङ्क बनाएको लिभरपुल गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । ६३ अङ्क बनाएको सिटी तेस्रो स्थानमा छ । 

अन्य खेलमा टोट्टनहामले एस्टन भिल्लालाई ४–० र ब्राइटनले नटिङ्घम फरेस्टलाई १–० गोलले हरायो । अर्को खेलमा वेस्टहाम युनाइटेड र बर्नलीले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी