• १२ साउन २०८१, शनिबार

र्‍याफ्टिङ टोली भारत जाने

blog

भारत जाने र्याफ्टिङ टोली विदाइपछि ।

काठमाडौं, फागुन १८ गते । विश्व र्‍याफ्टिङ महासङ्घको आयोजना तथा भारतीय र्‍याफ्टिङ फाउन्डेसनको तत्वावधानमा हुने एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्य नेपाली टोली शनिबार भारतको हिमान्चल प्रदेश जाने भएको छ ।

मार्च ३ देखि १० तारिखसम्म हुने प्रतियोगितामा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ र डम्बरबहादुर पुर्वाछानेले नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । वैकल्पिक खेलाडीमा दीपेश पुनमगर रहेको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिनुभयो । 

अफिसियलमा सङ्घका कोषाध्यक्ष महेश थापा र प्रशिक्षकमा भीष्मराज थपलिया रहनुभएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार विदाइ गर्नुभयो ।