• २४ वैशाख २०८१, सोमबार

लोयल्टी कपमा पिस प्वाइन्ट च्याम्पियन

blog

उपाधि विजेता पिस प्वाइन्ट टोली ।

काठमाडौँ, फागुन १२ गते । पिस प्वाइन्टले १२औँ लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । 

बुढानीलकण्ठ नगरपालिका-९ को एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको फाइनलमा पिस प्वाइन्टले काष्ठमण्डपलाई १–० गोलले हरायो । 

पिस प्वाइन्टको जितमा रोनिक ठाकुरले निर्णायक गोल गर्नुभयो । काष्ठमण्डपका अध्ययन शेरचन फाइनलको ‘म्यान अफ दि म्याच’ घोषित हुनुभयो । पिस प्वाइन्टका रञ्जित खड्का उत्कृष्ट गोलरक्षक, ब्रम्हकुञ्जका एलेक्स कुँवर उत्कृष्ट डिफेन्डर, काष्ठमण्डपका विशांक कार्की उत्कृष्ट स्ट्राइकर, लोयल्टी ‘बी’ का साहिल राई उत्कृष्ट मिडफिल्डर र पिस प्वाइन्टका यतीराज गुरुङ उत्कृष्ट प्रशिक्षक चुनिनुभयो । 

प्रतियोगिताभर ११ गोल गरेका लोयल्टीका विंगु थापा सर्वाधिक गोलकर्ता हुनुभयो । नेपाल पुलिस स्कुलले अनुशासित टिमको उपाधि जित्यो । फागुन ६ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजकको दुई सहित १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।