• २४ वैशाख २०८१, सोमबार

पाँचथर गोल्डकप : इलामलाई हराउँदै झापा क्वार्टरफाइनलमा

blog

आइतबारको खेलमा प्रतिस्पर्धा गर्दै इलाम र झापाका खेलाडी । तस्बिर : गोरखापत्र

राधा लुइटेल

फिदिम, फागुन १३ गते । रेडहर्स फुटबल क्लब इलामलाई हराउँदै झापा–११ पाँचथरको फिदिममा जारी चौथो बाइबाई पाँचथर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

फिदिम माविको खेल मैदानमा आइबार भएको खेलमा झापाले इलामलाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा झापाको जितमा प्रदीप बुढाथोकीले ६४औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । बुढाथोकीले म्यान अफ दि म्याच बन्दै पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

प्रतियोगितामा नेपाल र भारतका आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता फागुन १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले पाँच लाख पाँच हजार र उपविजेताले दुई लाख ५५ हजार रुपियाँ पुरस्कार पाउनेछ ।