• २४ वैशाख २०८१, सोमबार

थ्रीस्टारलाई हराउँदै एनआरटी सेमिफाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै पुलिस र आर्मीका खेलाडी ।

काठमाडौँ, फागुन १३ गते । न्यूरोड टिम (एनआरटी) क्लब थ्रीस्टार क्लबलाई पराजित गर्दै केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा एनआरटीले थ्रीस्टार क्लबलाई १–० गोलले हरायो ।  एनआरटीको जितमा विवेक गुरुङले निर्णायक गोल गर्नुभयो । उहाँले २९औँ मिनेटमा फ्रिकिकमार्फत गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो । डिबक्स भित्र सञ्जीव विष्टलाई थ्रीस्टारका खेमराज श्रेष्ठले लडाएपछि एनआरटीले फ्रिकिकको मौका पाएको थियो ।

यस्तै अर्को खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । विभागीय डर्बीमा निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

टाइब्रेकरमा पुलिसका लागि उज्ज्वल राई, हेमन्त श्रेष्ठ, प्रताप र आशिष् राईले गोल गर्नुभयो । आर्मीका लागि भरत खवास, कमलबहादुर थापा र फत्तेमान घलेले गोल गर्नुभयो । राष्ट्रिय युवा सङ्घले आयोजना गरेको प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।