स्वदेशमै उद्यम
स्वदेशमा रोजगारी केही छैन भनेर विदेश जान मरिहत्ते गर्नेका लागि ज्ञानबहादुर बिसुराल गतिलो उदाहरण हुनुहुन्छ । करिब १३ वर्षको रोजगारीपछि व्यवसायमा आउनुभएका बिसुराल चितवनको कुखुरापालन (पोल्ट्री) क्षेत्रको एउटा परिचित नाम हो । विद्यालय तहमा पढ्दादेखि नै अरूको कुखुराको चल्ला उत्पादन फार्ममा काम गरेर सिकेको सीपबाट बिसुराल यो स्थानमा पुग्नु भएको हो । बिसुराल यो स्थानमा सजिलै कहाँ पुग्नुभएको हो र ! निरन्तरता र धर्यताले मात्र उहाँ यस क्षेत्रको अब्बल उद्यमी बन्न सफल हुनुभएको हो । पुख्र्यौली पेसा कृषि भए पनि युवा उमेरदेखि नै बिसुराल उद्योगतर्फ आकर्षित हुनुभयो । विशेषगरी १३ वर्षको जागिरे जीवनको अनुभव पनि उद्योगका लागि सहयोगी भएको महसुस उहाँले गर्नुभएको छ । चितवनमा रहेको शिखर पोल्ट्री विल्डिङ प्रालि नामको कुखुराका चल्ला उत्पादन गर्ने ह्याचरी उद्योग मात्र होइन, उहाँको कुखुराको दाना उद्योग पनि छ । उहाँले भन्नुभयो, ‘‘जागिर खाँदा मेरा लागि मात्रै हुन्थ्यो, व्यवसायले धेरैका लागि रोजगारी दिएको छ ।’’
फगत मान्छे (कविता)
नारायण तिवारी म छु र चन्द्र सूर्य छन्म छु र खोलानाला छन्म छु र यो ब्रह्माण्ड छम छु र यो धर्ती छम छु र आकाश छ, आकाशको सुन्दरता छम छु र यो जीवन छ, जीवनको यात्रा छम छु र यो अनुपम सृष्टि छम छु र नदी छ, पहाड छ, हिमाल छम छु र अग्नि छ, जल छ, सारा चराचर छम छु र सपना छ, उज्यालो भविष्य छम छु र प्रकृति छ, रमणीय ताल छम छु र सारा संसार छ म नारायण तर, ईश्वर होइन मान्छे, फगत मान्छेम छु र ईश्वर पनि छम विना यो सारा संसार के, संसारको सुन्दरता के ?म विना यो संसारको सार्थकता के ?म विना संसारको सार के, ईश्वर के......?
गीत
शिव पलाँस मृत्युको विवेक हुँदैन मृत्युले उमेर गन्दैन ठूलो र सानो चिन्दैन असल र खराब भन्दैन । चुँडेर लान्छ फूल कैले कोपिला चुँड्छ कैले त मृत्युकै मृत्यु भई जाओस् श्राप दिन्छु मैले त आँखाको आँसु देख्दैन दिलको बिन्ती सुन्दैन ठूलो र सानो चिन्दैन असल र खराब भन्दैन । हुँदैन दौडेर, भागेर बाँचिन्न लुकेर, छिपेर कुन बेला कसलाई लाने हो के थाहा टप्प टिपेर जान्दैन कहिल्यै मृत्युले जीवनको मूल्य जान्दैन ठूलो र सानो चिन्दैन असल र खराब भन्दैन ।
पीपल वृक्षको पीडा (कविता)
लुमडी आचार्य उकाली, ओराली भञ्ज्याङ चौतारीवर–पीपल देखिने मुख्य हुन् ठाउँ यीकिरातकालमै प्रारम्भ भएको ऐतिहासिक सम्पदा चौतारी पनि हो । रुखहरूमध्येको निक्कै नै पवित्रनाम हो यसको वृक्षराज पीपल प्राकृतिक र धार्मिक सम्पदामध्येको अक्सिजन धेरै नै पाइने स्रोत यो ।रितो वा भरिया पैदल यात्रीको सुस्ताउने ठाउँ चौतारी पनि हो हुन्छ पूजा पीपलको सोम र शनिबारअरू दिनमा गरिन्छ नछोइ नमस्कार ।भैहाल्छ आयु सबै वृक्षहरूको पीपलको चाहिँ त विशासय होभएपछि पूरा समय सीमा यो झल्कने दृश्य देवी, गणेश शिवको ।यताउति हिँड्दा देखिनेमध्येको दाँयापारि हिँड्ने चौतारी पनि हो वृक्षराज पीपल देखिन्छ ढलेको बाटो विकास खातिर परिणाम होला यो ।
वसन्त काव्य उत्सवका चार दिन
मध्याह्नको समयमा पनि विराटनगर विमानस्थल टेक्दा पटक्कै गर्मीको अनुभव भएन । चार घण्टासम्म विमान उड्ने आशमा बसेका हामीहरू काठमाडौँको टर्मिनल कक्षमा गुम्सेर बस्दाको न्यानोपनमै गर्मी बिर्साउने हविगतमा पुगिसकेका थियौँ । त्यसमा पनि साहित्यकार गोकुल अधिकारीको हात हल्लाई र विवश पोखरलेको मुस्कानसहितको स्वागतले हामीले विराटनगरको गर्मी बिर्सिसकेका थियौँ । गुराँसको राजधानी तेह्रथुम र औद्योगिक नगरी विराटनगरमा कविता सुन्ने र सुनाउने कार्यक्रममा जाने उत्साहले जम्मा भएका थियौँ सबेरै त्रिभुवन विमानस्थलमा वैशाख ८ गते । एपेक नेपालको सक्रियतामा साहित्यकार विश्वविमोहन श्रेष्ठको सक्रियता र साहित्यकार राजेन्द्र शलभको सन्देश पछ्याएर । विराटनगर, धरान, वसन्तपुर, धनकुटामा साहित्यिक भेटघाट र सिर्जना सुन्ने योजना कता हो कता, मन जति वेगले दौडिए पनि हामीलाई लिएर जाने जहाजले मनलाई भन्दा धनलाई महìव दिएपछि समयसँग सम्झौता गर्न बाध्य भयौँ । ३५ मिनेटको यात्रामा बल्लबल्ल एक गिलास पानी दिएर यात्रुको सेवामा तत्पर एयरको सेवा र समय हावा गफजस्तै लाग्यो । व्यापारको नाममा आफ्नै यात्रुलाई सास्ती दिने अपार व्यापार । बाटोमा पर्ने कतिपय ठाउँमा तय भएका कार्यक्रम, कायक्रममै सीमित भए, पकाएर राखेका खानासम्म खाने अवसर जुरेन ।
नारी जागरणका तिखा आवाज
नेपाली साहित्यमा डा.बेन्जु शर्मा स्थापित तथा विशिष्ट नाम हो । मूर्धन्य नाटककार भीमनिधि तिवारीकी सुपुत्री शर्मा साहित्यका सबै विधामा कलम चलाउनुका साथै, एकाङ्की नाटक लेखन, निर्देशन तथा अभिनयमा पनि निकै दख्खल राख्ने स्रष्टा हुनुहुन्छ । नाटक विधामा कलम चलाउने स्रष्टाहरू धेरै छैनन् । केही वर्षयता भने नेपाली नाटकको क्रेज बेस्सरी उकालो लागेको छ । तैपनि नाटक लेखनमा भने खडेरी नै परेको अनुमान लगाउन सकिन्छ । यस्तै समयमा प्रकाशन भएको डा.बेन्जु शर्माको नाट्य कृति ‘केवल एउटा कोठा’ ले उत्साहजनक उपस्थिति जनाएको पक्कै छ । हाल जेजति भइरहेका छन्, तिनले नाट्य विधालाई जेनतेन टेको लगाएको अवश्य छ । अझ यस क्षेत्रमा महिला सर्जकको उपस्थिति भने न्यून नै रहेको छ । अहिले युवाको रोजाइमा भने नाटक पर्ने गरेको छ ।
हङकङमा रोल्पाली माटोको महक
आजभन्दा साढे तीन दशकअघिको कुरो हो, शुक्रबारको दिन विद्यालय छुट्टी भएपछि बाहिरबाट त्यहाँ गएर बसेका हामी तीन जना शिक्षक जेलवाङ (रोल्पा)बाट डेढ घण्टाजति हिँडेर पुगिने मजिवाङ गाउँतिर हिँड्यौँ । जेलवाङ थपक्क बसेको समथर थियो भने मजिवाङ भिरालो पाखामा अवस्थित । त्यहाँ पुग्न नाकेधाराको उकालो चढ्नु पथ्र्यो । मजिवाङमा पहिले जेलवाङमै लामो समयसम्म शिक्षण गरेका र पछि आफ्नो गाउँकै प्राथमिक विद्यालयमा सरुवा भएर गएका शिक्षक चन्द्रबहादुर बुढाको घर थियो । त्यस क्षेत्रको ज्यादै सीमित शिक्षित व्यक्तिमध्येका एक, समान पेसाकर्मी र समाजका अगुवा चन्द्रबहादुरको धेरै दिनदेखिको हार्दिकतापूर्ण निमन्त्रणा मान्न हामी त्यतातिर गएका थियौँ ।
झाङ्गिँदै रङ्गमञ्च
“सत्यको बाटो हिँड्नु फाइदाजनक छ किनकि त्यहाँ भीडभाड कम हुन्छ,” भगवान् गौतमबुद्धको यो विचारमा पक्कै एउटा शक्ति लुकेको छ । सायद बुद्धको आशय भीडभन्दा टाडा बस्नु, चिन्तन मनन गर्नु, साधना गर्नु, आपैmँलाई चिन्ने प्रयत्न गर्नु आदि हुनसक्छ । मानिसका साधना गर्ने आआफ्नै तौरतरिका र स्थान हुन सक्छन् । रङ्गमञ्च पनि यस्तै साधनास्थल हो, जहाँ वर्षौंदेखि दत्तचित्त भएर साधना गर्ने रङ्गकर्मी भेटिन्छन् । विगत वर्षमा कोरोना महामारीले थलिएको रङ्गमञ्चमा उत्साहका सङ्केत देखिन थालेका छन् । रङ्गकर्ममा धेरै चुनौती छन्, बाधा–व्यवधान छन् । यसका अलावा केही जुझारु रङ्गकर्मीको त्याग, बलिदान र साधनाले रङ्गमञ्चमा बिहानीका किरण देखा परेका छन् ।
कौसीखेतीले बढाउँछ खुसी
कामले काम सिकाउँछ भनेझैँ घरको तला थपेपछि करेसाबारीमा घाम लागेन । घाम नलागेपछि करेसाबारीमा लगाएको तरकारी फल्न सकेन । छतमा पहिलेदेखि नै केही गमलामा धनियाँ, प्याज, छ्यापी रोप्थेँ । पछि फूलको सट्टा तरकारी रोप्न सुरु गरेँ । राम्रो भएपछि बढाउँदै लगेँ । ५० प्रतिशतभन्दा बढी स्वच्छ तरकारी आफ्नै कौसीखेतीबाट प्राप्त भयो । यो अनुभव पाठकलाई पनि बाँड्न चाहन्छु । केवल मन र समय दिए, उन्नत जातका बीउ र मल जोहो गर्न सके कौसी वा छतमा पनि तरकारी फलाउन सकिन्छ । समय पनि रमाइलोसँग बित्छ । प्रायःजसो घरमा चार÷पाँच जनासम्मको परिवार हुन्छ । ५० देखि ६० वटा गमलामा १० किसिमका तरकारी लगाउने हो भने पाँच जनाको परिवारका लागि ५० प्रतिशत ताजा तरकारी प्राप्त गर्न सकिन्छ । अझ ध्यान दिएर घुम्तीबाली लगाउने हो भने पूरै माग पनि आपूर्ति हुन सक्छ । वसन्त ऋतुको समयमा वर्षे तरकारीको बीउबिजन राखिन्छ । तसर्थ कौसीखेतीका लागि गर्नुपर्ने केही चरणबारे उल्लेख गर्छु ।