विद्यालयमा पाठ्यपुस्तक अभाव
पूर्वी नवलपरासीका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिक सत्र सुरु भएकोे तीन साता बितिसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् । पुस्तक पसलहरूमा किताब लिन आउने विद्यार्थीको भीड लाग्ने गरेको छ । सरकारले निःशुल्क उपलब्ध गराउने किताब नै अभाव भएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको कावासोतीस्थित ज्ञानोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक चेतनाथ अधिकारीले बताउनुभयो ।
स्थानान्तरणको आसमा गाउँले
वर्षा सुरु भएसँगै बाजुराका बाढीपहिरो जोखिम क्षेत्रका बासिन्दा त्रसित बन्न थालेका छन् । आफूहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिदिन प्रभावित क्षेत्रका बासिन्दाले माग गर्दै आएको भए पनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन ।
‘अरूलाई दोष लगाएर उम्कने ठाउँ छैन’
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कांग्रेसले अरूलाई दोष देखाएर उम्कने अवस्था नरहेको बताउनुभएको छ । उहाँले जनप्रतिनिधिप्रति जनताको ठूलो विश्वास र भरोसा भएकाले त्यहीअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने भन्दै हामीले अरूलाई दोष दिएर हुँदैन, अब हामी आयौँ, सबै ठीक हुन्छ भनेर काम गर्न सकेनौँ भने जनताले विकल्प खोज्न सक्ने बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सभाको १० औं अधिवेशन सुरु
सुदूरपश्चिम प्रदेश सभाको १० औं अधिवेशन सोमबारदेखि सुरु भएको छ । प्रदेश प्रमुख देवराज जोशीको आह्वानमा अधिवेशन सुरु गरिएको हो । यो अधिवेशनलाई बजेट अधिवेशनको रुपमा लिने गरिन्छ ।
काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिद्वारा शपथग्रहण
काठमाडौं महानगरपालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । महानगरका एक सय ६० जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
समृद्ध लुम्बिनीका लागि प्रतिबद्ध छौँ : मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशवासीको जीवनलाई समृद्ध बनाउन ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ बनाउने अभियानमा प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । १५औँ गणतन्त्र दिवसको अवसरमा आइतबार बुटवलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले सरकारले लुम्बिनी प्रदेशको विकासका लागि योगदान दिन कुनै कमी नराख्ने प्रतिबद्धता जनाउनुभयो । मुख्यमन्त्री केसीले नेपालको संवि
उदयपुरमा ट्रक दुर्घटना हुँदा चारको मृत्यु
जिल्लाको सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटेमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
वन संरक्षणमा महिला नेतृत्व सफल
कैलालीमा सामुदायिक वन संरक्षणमा महिलाको सक्रियता बढ्दै गएको छ । जनसङ्ख्या वृद्धिसँगै वन अतिक्रमणविरुद्ध र डढेलो नियन्त्रण र वन क्षेत्रमा हुने अवैध गतिविधिका विरुद्ध महिलाले ज्यान जोखिममै राखेर काम गर्दै आएका छन् ।
होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा
कोडिभ–१९ महामारीलाई लक्षित गरी नेपालगञ्जमा निर्माणाधीन एक हजार शøया क्षमताको होल्डिङ सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिकाको वडा नम्बर १४ भवानीयापुरमा तीव्र गतिमा निर्माण भइरहेको सो होल्डिङ सेन्टरको निर्माणकार्य अन्तिम चरणमा पुगेको र केही दिनभित्रै पूरा हुने जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकरले बताउनुभयो । उहाँका अनुसार होल्डिङ सेन्टरमा २२ वटा भवन, भान्साघर, खानेपानीको ट्याङ्कीसहित शौचालय भवनहरू चार बिघा आठ कट्ठामा निर्माण गरिएका छन् ।