सात स्थानीय तह डुबानमा
तीन दिनदेखिको अविरल वर्षाको कारण सुनसरी जिल्लाको सातवटा स्थानीय तह अधिक प्रभावित भएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार इटहरी उपमहानगरपालिका, वराहक्षेत्र, दुहबी र इनरुवा नगरपालिकाका साथै भोक्राहानरसिंह, हरिपुर र बर्जु गाउँपालिका बाढी र डुबानका कारण अधिक प्रभावित भएका छन् ।
जङ्गली च्याउ खाँदा छ जना विरामी, पाँचको अवस्था गम्भीर
बुधबार साँझ बुटवल उपमहानगरपालिका वडा नं. १२ नयाँगाउँमा जङ्गली च्याउ खाँदा छ जना बिरामी परेका छन् । ती पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
परम्परागत शैलीमा रोपाइँ
मधेश प्रदेशका जिल्लामा परम्परागत शैलीमा धान रोपेर बुधबार धान दिवस मनाइएको छ । कृषि कर्मलाई आधुनिकीकरण गर्ने भन्दै आए पनि प्रदेशका मन्त्री, स्थानीय तहका प्रमुख/अध्यक्षलगायतले असार १५ मा धान दिवसमा हातले हिलोमा धान रोपेका छन् ।‘राष्ट्रिय धान दिवस’ अर्थात् असार १५ कृषकको लागि महत्त्वपूर्ण दिन मानिन्छ । ‘मानो रोपेर मुरी फलाउने’ समय भएकोले खेतमा धान रोपी दही चिउरा खाएर प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइन्छ ।
‘कर्मचारीको खुसीले धान फल्दैन’
विगतका वर्षहरूझैँ यो वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरी असार १५ अर्थात् धान दिवस मनाइएको छ । धान दिवस मनाउन सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिले हिलोमा पसेर रोपाइँ गरी खुसी साटे पनि किसान खुसी देखिँदैनन् । यो दिवसले वास्तविक किसानलाई भने खासै खुसी हुने वातावरण बनाउन सकेन ।
भजनी र जोशीपुरका बस्ती डुबानमा
कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका गाउँ डुबानमा परेका छन् । मङ्गलबार रातिदेखिको वर्षापछि आएको बाढीले गाउँ डुबानमा परेका हुन् । काँढा, कान्द्रा, पथरैया नदीको बाढी गाउँ पसेको छ ।जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जोशीपुर र भजनीमा केही घर डुबानमा परेका छन् । डुबान भएका क्षेत्रमा सुरक्षाकर्मी खटाइएको जनाइएको छ ।
मन्त्रीद्वारा मन्त्रालय खारेजीको माग
बागमती प्रदेशका आठवटा मन्त्रालयलाई टुक्र्याएर १४ वटा पु-याएकोमा विरोध गर्दै आएका प्रदेश सभाका सदस्यले बुधबारको प्रदेश सभाको बैठकमा हाँसोको माहोल खडा गरेको देखियो । प्रदेशका एक मन्त्रीले अर्को विभागीय मन्त्रीसँग बजेट माग र मन्त्रालयको औचित्य नभए खारेज गरिदिन भनेपछि सभामा हाँसो फैलिएको थियो ।
गरिब जनताका लागि उपचार कोष खडा गर्न सांसद राईको माग
प्रदेश १ का पूर्वमन्त्री तथा वर्तमान सांसद उषाकला राईले गरिब जनताका लागि निःशुल्क उपचार कोष गठन गर्नुपर्ने र बलात्कारजस्तो गम्भीर जघन्य अपराधको विषयलाई अन्त्य गर्न पाठ्यक्रममै व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ ।
लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित
लुम्विनी प्रदेश सरकारको आर्थिक बर्ष २०७९–८० का लागि प्रदेश सभामा असार १ गते प्रस्तुत भएको बजेट पारित भएको छ । लुम्विनी प्रदेश सभाको १० औं अधिवेशनको बैठकमा विभिन्न चरणमा भएको बजेट सम्वन्धी छलफलपछि बजेट बुधवार प्रदेश सभामा बहुमतबाट पारित भएको हो ।
इलामको समालबुङका कृषकद्वारा सडकमै रोपाइँ
इलाम नगरपालिकाको दुलालबेसीमा बेठी लगाएर खेतमा धान रोपी रहँदा इलामको सूर्योदय नगरपालिका ५ समालबुङका कृषकले सडकमै धान रोपेका छन् । असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाएर किसानका खेतबारीमा धान रोपाई भैरहँदा सडकको कन्तबिजोग भोगेका समालबुङबासीले भने सडकमै धान रोपेर बिरोध जनाएका हुन् ।