सात लाख बिरुवा रोपिने
डिभिजन वन कार्यालय सिमरा बाराले यस वर्ष सात लाख बिरुवा रोपिने लक्ष्य राखेको छ । जिल्ला वन कार्यालय मातहत रहेका सातवटा नर्सरीबाट उत्पादन भएका विभिन्न प्रजातिका बिरुवा वितरण गर्ने कार्यक्रम रहेको डिभिजन वन कार्यालयका योजना अधिकृत अनिल साहले बताउनुभयो ।
सामुदायिक विद्यालयको भौतिक पूर्वाधार लोभ लाग्दो
यहाँको एक गाउँको सामुदायिक विद्यालयमा पुग्दा सहरबजारको कुनै सुविधा सम्पन्न निजी विद्यालयमा पुगेको अनुभूति हुन्छ । तर यो निजी विद्यालय नभएर जिल्लाको कुनै एक गाउँको सामुदायिक विद्यालय हो ।
फेवा ‘सिल्ट्रेसन’ बाँध कमसल
फेवातालको मुहानमा बनाइएको ‘सिल्ट्रेसन ड्याम’ (बाँध) कमसल तथा कम गुणस्तर भएको पाइएको छ । महालेखा परीक्षक– २०७९ को प्रतिवेदनले फेवा मुहानमा बनाइएका ड्याम प्राकृतिक विपत्को कारणले नभई कमसल निर्माणले भत्किएको निष्कर्ष निकालेको हो । महालेखाको प्रतिवेदनले ड्याम निर्माण गर्दा गुणस्तरमा ध्यान नदिएको उल्लेख गरेको छ । कम गुणस्तर बनाउँदा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।
राप्तीमा पानीको बहाव बढ्यो, बाँकेमा उच्च सतर्कता
केही दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण बाँकेको राप्ती नदी किनारालगायत विभिन्न खोलानालाहरूमा पानीको बहाव बढेपछि उच्च सतर्कता अपनाइएको छ । वर्षा निरन्तर भइरहेकाले कुनै पनि बेला बस्ती तथा संवेदनशील स्थानमा बाढी आउन सक्ने चेतावनी दिएको छ ।
निर्वाह भत्ता ‘फ्रिज’
राजनीतिक आन्दोलनका घाइते, अपाङ्गता भएका व्यक्ति र शहीद तथा बेपत्ता परिवारका सदस्यलाई वितरण गर्ने गरी बजेटमा व्यवस्था गरेको जीवन निर्वाह भत्ता कर्णाली प्रदेश सरकारले कार्यान्वयनमा लैजान सकेन । स्थानीय सरकारले पठाएका विवरणमा लक्षित वर्ग (घाइते, अपाङ्गता भएका व्यक्ति र शहीद तथा बेपत्ता परिवारका सदस्य)को यकिन विवरण प्रमाणीकरण गर्ने आधारको अभावमा जीवन निर्वाह भत्ता वितरण हुन नसकेको हो ।
प्राकृतिक विपद् बाट आठ जनाको मृत्यु, एक करोड बढी क्षति
सल्यानमा गत आर्थिक वर्ष २०७८÷०७९ मा प्राकृतिक विपद्बाट आठ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार आगलागी, बाढी पहिरो र चट्याङ्गबाट आठ जनाको मृत्यु भएको हो । विपद्बाट एक करोड १६ लाख ५९ हजारको क्षति भएको छ ।
एक लाख करदाताबाट ९ अर्ब २४ करोड राजश्व सङकलन
आन्तरिक राजश्व कार्यालय दमौलीले गत आर्थिक वर्षमा ९ अर्ब २४ करोड ९२ लाख ४ हजार रुपियाँ राजश्व सङकलन गरेको छ । झण्डै एक लाख करदाताबाट उक्त राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
पाथीभरा पदमार्गमा फाइबरको छाहारी
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदर्मागमा फाइवरको छाहारी लगाइएको छ । पाथीभराको दर्शनमा जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउन पदमार्गमा फाइवरको छाहारी लगाइएको हो ।
नमुुना विद्यालयको जाली काम
कनकाई नगरपालिका–४ मा अवस्थित सिंहदेवी आधारभूत विद्यालयले पुरानो टिनको कच्ची भवनमाथि तला थपेर १८ लाख रुपियाँ निकासा गरेको पाइएको छ। राष्ट्र«पति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयले दुई कोठे विद्यालय भवन निर्माणका लागि १८ लाख रुपियाँ पाएको थियो। उक्त रकमलाई विद्यालयले आफ्नो पुरानो टिनको भवनमाथि टिन उक्काएर सोही भवनमा अर्को तला थपेर रकम निकासा गरेको हो। पहिले तला नथप्ने गरी बनाएको पुरानो टिनको छानो भएको भवनमा रडसमेत छैन भने बनाइएको उक्त भवन भूकम्प प्रतिरोधकसमेत नभएको स्थानीय विक्रम पाण्डेले बताउनुभयो।