खोला दोहन नरोकिए बस्ती जोखिममा
प्रदेश नं. १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाले चिसाङ खोलाको दोहन नियन्त्रण गर्न नसके खोला किनारका बस्ती उच्च जोखिममा पर्ने बताउनुभएको छ । सोमबार मोरङको बेलबारी–१०, चिसाङ खोला पश्चिम किनार संरक्षण तथा वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
बाँकेमा ९५.५ प्रतिशत बालबालिकाले खोप लगाए
बाँकेमा ९५.५ प्रतिशत बालबालिकाले कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार खोप सुरु भएको चार दिनमा बाँकेका आठ स्थानीय तहका ९५.५ प्रतिशत बालबालिकाले खोप लगाएको स्वाथ्य कार्यालयका अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
अवैध उत्खनन रोक्न ध्यानाकर्षण
महोत्तरी जिल्ला भएर बग्ने नदी तटीय क्षेत्रमा भइरहेको अनियन्त्रित र अवैध उत्खनन रोक्न जिल्ला समन्वय समितिलाई महìवपूर्ण भूमिका खेल्न ध्यानाकर्षण गराइएको छ । नवनिर्वाचित जिससका प्रमुखलगायत पदाधिकारीको पदभार ग्रहण कार्यक्रममा सरिक भएका सरोकारवालाले अनियन्त्रित र अवैध खोला उत्खनन कार्यलाई नियन्त्रण गर्न भूमिका खेल्न आग्रह गरेका छन् ।
बोक्सीको आरोपमा मलमूत्र खुवाउने प्रयास
‘धेरै दिनपछि बोक्सी आज एक्लै फेला परी । यसलाई मलमूत्र नखुवाई छाड्दैनौँ भन्दै मेरो दुवै हात समाएर भुइँमा लडाएर मुखमा मलमूत्र खुवाउने प्रयास भयो । मैले मुख खोलिन । मुख नखोल्दा दुवै गालामा मुक्काले हिर्काई बेहोस बनाए । बोतलमा ल्याएको मलमूत्र जीउभरि छर्किदिए, आफूमाथि बोक्सीको आरोपमा मलमूत्र खुवाउने प्रयास भएको घटना सुनाउँदै अतिकादेवी कामतले भन्नुभयो ।
स्याङ्जा–पर्वत सडक कालोपत्रे
पूर्वाधार विकास कार्यालय स्याङ्जाले जिल्लाभित्रका तीन सडकको २०.५ किलोमिटर कालोपत्रे गरेको छ । गण्डकी प्रदेश सरकारको निर्वाचन क्षेत्र सडकअन्तर्गत क्षेत्र नम्बर १ ‘क’को घुम्ती चिसापानी, ‘ख’को नागडाँडा कार्कीनेटा र क्षेत्र नम्बर २ को गल्याङ र चापाकोट खण्ड कालोपत्रे गरिएको हो ।
शिवराज नगरका तीन हजार बढी युवा वैदेशिक रोजगारमा
कपिलवस्तुको शिवराज नगरपालिकाका २७ प्रतिशत युवा वैदेशिक रोजगारमा गएको तथ्याङ्क पाइएको छ । नगरपालिकाले तयार पारेको वैदेशिक रोजगारसम्बन्धी परामर्श चित्र २०७८ को तथ्याङ्कअनुसार नगर भित्रका तीन हजार ६५७ घरधुरीका युवा वैदेशिक रोजगारको सिलसिलामा विभिन्न मुलुकमा रहेको पाइएको छ ।
सडक निर्माणमा लापरबाही
सडक निर्माणसँग सम्बन्धित निकायको चरम लापरबाहीका कारण चार महिनामा सक्नुपर्ने काम १५ महिना बितिसक्दा पनि पूरा हुन सकेको छैन । दाङ जिल्लाको मुख्य बजारकैै सडक निर्माणमा ढिलासुस्ती हुँदा स्थानीयवासीले सास्ती बेहोर्नु परेको छ ।
जबज र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध : नेता पौडेल
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले जनताको बहुदलीय जनवाद (जबज) र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपाल, रूपन्देही शाखाले सोमवार तिलोत्तमामा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताउनुभयो ।
विपतको तयारीमा जुटन स्थानीय तहलाई आग्रह
बर्खायामको विपदबाट हुनसक्ने मानवीय र भौतिक क्षतिबाट वच्न झापाका स्थानीय तहलाई तयारी थाल्न जिल्ला विपद व्यवस्थापन समितिले आग्रह गरेको छ । आइतवार जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले झापाका १५ वटै स्थानीय तहलाई विपद तयारी थाल्न आग्रह गरेको हो ।