• ५ जेठ २०८१, शनिबार

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिद्वारा शपथग्रहण

blog

तस्विरः मनोजरत्न शाही/गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १६ गते । काठमाडौं महानगरपालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । महानगरका एक सय ६० जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

 

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा महानगर प्रमुख वालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल लगायतका जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमाणपत्र वितरण तथा सपथ ग्रहण गराउनुभएको हो ।


काठमाडौं महानगरपालिका अन्तर्गत ३२ वडामध्ये महानगरपालिका १ को वडाअध्यक्षमा एमालेका भरतलाल श्रेष्ठ, वडा २ मा एमालेका राजेन्द्रकुमार श्रेष्ठ, ३ मा एमालेका प्रेम थापा, ४ मा एमालेका दिनेश महर्जन, ५ मा एमालेका विरेन्द्र प्रजापति, ६ मा कांग्रेसका भुवन लामा, वडा ७ मा काँग्रेसका विमलकुमार होडा, ८ मा काँग्रेसका आशामान संगत, ९ मा काँग्रेसका रामजि भण्डारी, १० मा कांग्रेसका रामकुमार केसी, ११ मा कांग्रेसका हिरालाल तण्डुकार, १२ मा कांग्रेसका बालकृष्ण महर्जन, १३ मा एमालेका ध्रुवनारायण मानन्धर, १४ मा कांग्रेसका सुमन श्रेष्ठ विजयी हुनुभएको छ ।


यसैगरी, वडा नं १५ मा नेकपा (एकीकृत समाजवादी) का ईश्वरमान डंगोल, १६ मा कांग्रेसका मुकुन्द रिजाल, १७ मा कांग्रेसका नविन मानन्धर, १८ मा एमालेका न्हुछेकाजी महर्जन, १९ मा कांग्रेसका राजेशकुमार श्रेष्ठ, २० मा कांग्रेसका राजेन्द्र मानन्धर, २१ मा एमालेका उदय चुडामणि बज्राचार्य, २२ मा एमालेका चिनीकाजी महर्जन, २३ मा एमालेका मचाराजा महर्जन, २४ मा कांग्रेसका विनोदकुमार राजभण्डारी, २५ मा कांग्रेसका राजेस डंगोल, २६ मा कांग्रेसका खेमराज तिवारी, २७ मा कांग्रेसका योगेशकुमार खड्गी, २८ मा कांग्रेसका भाइराम खड्गी प्रकाश, २९ मा कांग्रेसका कुश ढकाल, ३० मा कांग्रेसका दलबहादुर कार्की, ३१ मा एमालेका सरोज ढकाल र ३२ मा एमालेका नवराज पराजुली, सोमबारको प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रममा सहभागी हुनुभएको छ ।

महानगरको १९ वटा वडामा कांग्रेस र १२ वटा वडामा एमाले उम्मेदवार विजयी हुनुभएको छ । एउटा वडामा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन्  वडा २४ र २५ को दलित महिला सदस्यमा उम्मेदवारी नै परेको थिएन ।