• ११ जेठ २०८१, शुक्रबार

लोडरमा च्यापिएर हेल्परको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, वैशाख २२ गते । मकवानपुरको थाहानगरमा लोडरमा च्यापिएर शनिवार दिउँसो एकजना हेल्परको मृत्यु भएको छ । दिउँसो ३ बजेर १५ मिनेटको समयमा थाहा नगरपालिका ९ ठुलोचौरस्थित चित्लाङ थानकोट सडकखण्डमा सडक मर्मतको काम गर्दैगरेको काठमाडौं सडक डिभिजनको आर डि १०१–०३८ नम्बरको लोडर पल्टिँदा सहचालक नुवाकोट लिखु गाउँपालिका वडा ६ घर भएका २८ वर्षीय सागर भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

ग्राबेल सम्याउने क्रममा सो लोडर आफैं अनियन्त्रित भइ पल्टिएर च्यापिदा हेल्पर भण्डारीको मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाइएको छ । लोडर तथा चालक ललितपुर गोदावरी नगरपालिका १२ बस्ने ५६ बर्षीय धर्मभक्त महर्जनलाई कारवाहीका लागि ईलाका प्रहरी कार्यालय पालुङमा पठाइएको प्रहरीले जनाएको छ ।