लमजुङमा एसइईका तीनवटा केन्द्र घटाएर १३ वटा कायम
चैतको १९ गतेदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसइई) को लागि लमजुङका १३ वटा विद्यालयमा परीक्षा केन्द्र कायम भएको छ ।
‘योजनामा पारदर्शिता कायम गराउन लाग्ने छु’
सूचना प्रविधिको क्षेत्रमा सक्रिय रहँदै आएका झबिलाल डुम्रे यस पटकको चुनावबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डुम्रे आफ्ना प्रतिस्पर्धीभन्दा चार हजार ५२४ मतान्तरसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्लले २० हजार ८३० मत प्राप्त गर्नुभयो ।
फोहोरको अल्पकालीन व्यवस्थापन
पोखरा महानगरपालिकामा गत पुस अन्तिम सातादेखि रोकिएको फोहोर व्यवस्थापनको काम आइतबारबाट सुरु भएको छ । पुसबाटै फोहोर व्यवस्थापनका लागि महानगरले बेला बेलामा प्रयास गरे पनि अन्ततः आइतबारदेखि सडकमा थुप्रिएको फोहोर उठ्न थालेपछि पोखराका चोकहरू सफा देखिएका छन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अल्पकालीन रूपमा भए पनि फोहोर व्यवस्थापन चैत १ बाट भएको बताउनुभयो । महानगरका अनुसार अहिले पोखरा महानगरपालिका–२१, दोबिल्लापारि किस्टीको डाँडामुनि फोहोर व्यवस्थापन हुँदै आएको छ ।
चिसो घटेपछि फर्किन थाले मुस्ताङवासी
कठ्याङ्ग्रिँदो चिसोसँगै मूलढोकामा ताल्चा झुन्ड्याएर बेँसी झरेका उपल्लो मुस्ताङवासी फर्किन थालेपछि गाउँमा चहलपहल हुन थालेको छ । चैत सुरु भएसँगै चिसो घटेपछि ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा विकासनिर्माण र समुदायस्तरका कार्यक्रम पुनः सञ्चालन हुन थालेका छन् । गत मङ्सिर र पुसमा ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अधिकांश स्थानीयले गाउँ छाडेका थिए ।
फेवाताल किनार खपौँदीमा सरसफाइ
प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा परेको पोखराको पर्यटकीय केन्द्र फेवाताल किनार खपौँदीमा बृहत् सरसफाइ गरिएको छ । चैत ५ बाट पोखरामा हुन लागेको २१ औँ खुला प्याराग्लाइडिङ प्रतियोगितालाई हेरेर सरसफाइ गरिएको हो । सो प्रतियोगिता चैत ७ सम्म सञ्चालन हुने छ ।
सवारी दुर्घटना बढेपछि सडकमै पूजा
रुपन्देहीको देवदह नगरपालिका क्षेत्रको राजमार्गमा सवारी दुर्घटना बढेको भन्दै स्थानीयले सडकमै पूजा गर्दै मृत आत्माको चिर शान्तिको कामना गरेका छन् । सडक दुर्घटनाबाट ज्यान गुमाएकाको आत्मशान्तिको कामना गर्दै देवदह–९, घोडाहाका स्थानीयले सडकमा पूजा गरेका हुन् ।
गुल्मीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते
गुल्मीमा ट्रक दुर्घटना भएको छ। यस जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर– ५ हँसरामा लु २ ख ५३७३ नम्बरको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
खयरको चोरी बढ्दा स्थानीय आक्रोशित
गुल्मीमा खयरका काठ चोरी तस्करीका घटना बढ्दै गएका छन् । व्यक्तिगत र सामुदायिक वनबाट बहुमूल्य खयरका काठ सङ्गठित रूपमा चोरी हुन थालेपछि स्थानीय आक्रोशित बनेका छन् । गत फागुन २९ गते राति रुरुक्षेत्र गाउँपालिका–६ को शाहघाटबाट स्थानीय सागर पाण्डेको खयरको काठ चोरी भयो । आफ्नो जग्गामा कटान गरी घाटगद्दी गरेर राखेको करिब एक ट्याक्टर खयरको काठ चोरी भएको इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ ।
प्रदेशको लगानीमा बनेका संरचना अलपत्र
गुल्मीमा लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण गरिएका विभिन्न भौतिक संरचना लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका छन् । सञ्चालनका लागि सरोकारवाला निकायले पटक पटक प्रतिबद्धता जनाए पनि प्रभावकारी पहल नहुँदा ती संरचना अलपत्र बनेका हुन् ।
पानी माग्दै प्रशासन घेराउ
हुम्लाको सदरमुकाम सिमकोटमा खानेपानीको चरम अभाव भएको भन्दै स्थानीय महिलाले जिल्ला प्रशासन कार्यालय हुम्लामा घेराउ गरेका छन् । गत फागुन २२ गतेदेखि सदरमुकाम सिमकोट बजारमा खानेपानीको चरम अभाव भएको भन्दै मङ्गलबार जिल्ला प्रशासन कार्यालय हुम्लामा बजारको एकताचोक र काठे चुलीस्थित महिलाले घेराउ गरेका हुन् ।
पाँच पटक धाएपछि नागरिकताको प्रतिलिपि
हुम्लामा एक महिलाले नागरिकता हराएको १० वर्षपछि प्रतिलिपि पाउनुभएको छ । यति लामो समयपछि नागरिकताको प्रतिलिपि पाउनेमा खार्पुनाथ गाउँपालिका–१ को पिउस गाउँकी दिफकला कामी रहनुभएको छ ।
पुनर्निर्माणको पर्खाइमा ऐतिहासिक जाजरकोट दरबार
नेपालका एक सय पर्यटकीय गन्तव्य सूचीमा परेको जाजरकोट दरबार अझै पुनर्निर्माण हुन सकेको छैन । भूकम्प गएको २९ महिना बितिसक्दा पनि २५० वर्षभन्दा पुरानो ऐतिहासिक दरबार पुनर्निर्माणमा बेवास्ता गरिरहँदा थप जीर्ण बन्दै गएको छ ।
‘रुकुमको अधुरो विकासलाई पूरा गर्ने छु’
तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि रुकुमबाट जनार्दन शर्मालाई चुनाव जिताउन पटक पटक चुनावी नेतृत्व समाल्दै आउनुभएका गोपाल शर्माले यस पटक भने आफैँले सानदार रूपमा विजयी हासिल गर्नुभयो । नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बन्नुभएका शर्मा चार पटक मन्त्री भइसक्नुभएका जनार्दनलाई पराजित गर्नुभयो । जनार्दन प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनावी प्रतिस्पर्धामा रहनुभएको थियो ।
जग्गाधनीपुर्जा वितरणको तयारी
नेपाल सरकार भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाले थप ११ जना अव्यवस्थित बसोबासी, भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी थालेको छ । यहाँको दुई स्थानीय तहबाट सूचीकृत भएका सात अव्यवस्थित बसोबासी र चार सुकुमवासी गरेर ११ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरणको प्रक्रिया अगाडि बढेको हो । भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाका अध्यक्ष लालसिंह धामीले भन्नुभयो, “जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका सुकुमवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढेको छ ।”
गर्मी लागेसँगै आउन थाले पाहुना चरा
गर्मी बढ्न थालेसँगै नेपालमा गर्मी पाहुना चरा आउन थालेका छन् । बच्चा कोरल्नका लागि कोइली, स्वर्गचरीलगायतका विभिन्न प्रजातिका चरा नेपाल आउन थालेका हुन् । हिउँदे आगन्तुक चरा उत्तरी ध्रुवबाट नेपाल आउने गरे पनि गर्मीयामका आगन्तुक चरा भने दक्षिणतर्फबाट नेपालमा आएर रमाउने, बच्चा कोरल्ने र हुर्काउने गर्छन् ।
नौ वर्षपछि पूर्णता पाउँदै गोइडाखोला पुल
नौ वर्षदेखि अलपत्र रहेको पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत गोइडाखोला पुल निर्माणले केही गति लिन थालेको छ । लामो समयदेखि रोकिएको पुल निर्माण अहिले अन्तिम चरणमा पुगेको छ । स्वराड क्षेत्रका पञ्चेश्वर, शिवनाथ र मेलौली गरेर तीन स्थानीय तह जोड्ने पाटन–पञ्चेश्वर सडकको सुरुवाती खण्डमै पर्ने सो पुल निर्माणका लागि २०७३ पुस १२ गते ठेक्का सम्झौता भएको थियो ।
चैनपुर–ताक्लाकोट सडक निर्माण प्रमुख एजेन्डा
विद्यार्थी आन्दोलनबाट उदाएर लामो समयसम्म पार्टी राजनीतिमा सक्रिय रहनुभएका ऐनबहादुर महरको सङ्घीय संसद्को यात्रा सुरु भएको छ । उहाँ गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बझाङबाट निर्वाचित हुनुभएको हो । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का उम्मेदवार रहनुभएका महरले १८ हजार ५४३ मत प्राप्त गर्नुभएको थियो । उहाँ निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाश रसाइलीलाई दुई हजार २२९ मतान्तरले पराजित गर्नुभएको हो । रसाइलीले १६ हजार ३०४ मत प्राप्त गर्नुभएको थियो ।
बन्यो धिमाल होमस्टे
मोरङको बेलबारी नगरपालिकाका धिमालको सम्मानमा नगरको वडा नं. १० स्थित माटीगाउँमा धिमाल जीवित सङ्ग्रहालय र घरबास निर्माण गरिएको छ । होमस्टे सञ्चालनमा आइस
पहिरोको उच्च जोखिम रोकथाम गरिँदै
चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरो जाने उच्च जोखिम भएका स्थानमा स्थायी रूपमा रोकथामको उपाय सुरु हुने भएको छ । बर्सातमा पहिरो गएर ५६ घण्टासम्म
‘शिक्षा, स्वास्थ्य र सिँचाइ क्षेत्र प्राथमिकतामा रहन्छ’
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तपेश्वर यादव विजय भएपछि चर्चाको विषय बनेको छ । चर्चा हुनुको कारण उहाँ
चुनावी घोषणा पूरा गर्ने वचनबद्धता
कुनै समय प्रहरी सेवामा रहेर कहिले ट्राफिक सचेतनाका कुरा त कहिले साहित्यिक गतिविधिमा लागेर कथासङ्ग्रह प्रकाशन गर्नुभएका शम्भुप्रसाद ढकालले संसदीय यात्रा तय गर्नुभएको छ ।
प्रधानमन्त्रीद्वारा पशुपतिमा पूजाअर्चना
प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी पूजाअर्चना गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि बुधबार आराध्यदेव पशुपतिनाथको दर्शन गरी पूजाअर्चना गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सो अवसरमा उहाँले मुलुकलाई शान्ति र स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा कृतज्ञतासमेत व्यक्त गर्नुभयो ।
भ्रष्टाचार अन्त्य मुख्य कार्यसूची
धादिङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित आशिका तामाङ परिवर्तनको प्रतीकका रूपमा हेरिन थाल्नुभएको छ । मोबाइल, क्यामरा बोकेर सडकमा बेथिति खोज्दै
संस्थागत लगानी दीर्घकालीन परियोजनामा : अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले संस्थागत लगानीकर्तालाई आफ्नो लगानी दीर्घकालीन परियोजनामा विस्तार गर्न आग्रह गर्नुभएको छ । सरकारी स्वामित्वको नागरिक लगानी कोष स्थापनाको ३६ औँ वर्षमा प्रवेशका अवसरमा बुधबार राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले राष्ट्रिय अर्थतन्त्रको विकासका लागि जलविद्युत्, व्यावसायिक कृषि, पर्यटन र सूचना प्रविधि जस्ता क्षेत्रमा कोष जस्ता संस्थागत लगानीकर्ताले लगानी विस्तार गरी प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।