सुरूङगा नगरपालिका प्रमुखमा चौधरी विजयी
ललिता साहवोदेवर्साइन (सप्तरी), जेठ ५ गते । सप्तरीमा पहिलोपटक नगरपालिका प्रमुखमा महिला उम्मेदवार विजयी हुनुभएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत विहीवार आएको परिणामअनुसार सुरूङगा नगरपालिका प्रमुखमा नेपाली काँग्रेसकी गीता चौधरीले जित हात पार्नुभएको हो । चौधरी सात हजार दुई सय ९२ मत ल्याउँदा एकीकृत समाजवादीका रामनारायण चौधरीले चार हजार, एक सय १७ र जनता समाजवादीका साबीर अलीले तीन हजार छ सय ६८ मत मात्र ल्याउनुभयो । नगर उपप्रमुखमा नेकपा एमालेका सलीमकुमारी पासवान, माओवादी केन्द्रका शिवकुमार राम र एकीकृत समाजवादीका सुनिताकुमारी मुखियालाई हराउँदै कांग्रेसका रुद्रबहादुर कार्की निर्वाचित हुनुभयो । कार्कीले ६ हजार दुई सय ७५ मत ल्याउँदा एमालेकी पासवानले दुई हजार एक सय तीन, माओवादी केन्द्रका रामले दुई हजार चार सय ६७ र एकीकृत समाजवादीकी सुनीता कुमारी मुखियाले तीन हजार नौ सय ९८ मत ल्याउनुभयो । योसँगै सप्तरीको इतिहासमा पहिलो महिला प्रमुख चौधरी पहिलो बन्नुभएको छ ।
मटिहानी नगरपालिकाको मेयरमा लोसपाका मण्डल दोस्रो पटक विजयी
महोत्तरीको मटिहानी नगरपालिकामा मेयर र उपमेयरमा लोतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल विजयी भएका छन् । लोसपा नेपालका हरिप्रसाद मण्डल दोस्रो पटक मेयर पद दोह¥याउँ विजयी हुनु भएको छ । उपमेयरमाा भने लोसपा नेपालका मंजुदेवी विजयी हुनु भएको छ ।
गौर नगरप्रमुखमा नेकपा एसका साह निर्वाचित
रौतहटको गौर नगरपालिका प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार शम्भु साह विजयी हुनुभएको छ ।
मौलापुर नगरप्रमुखमा रिनाकुमारी साह विजयी
रौतहटको मौलापुर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का रिनाकुमारी साह निर्वाचित हुनुभएको छ । पाँच हजार ५६४ मत प्राप्त गरी साह दोस्रो पटक नगरप्रमुखमा निर्वाचित हुनुभएको हो ।
धनुषाको शदिननगर नगरपालिका प्रमुख र उपप्रमुखमा जसपाका उम्मेदवार निर्वाचित
धनुषाको शहीदनगर नगरपालिका प्रमुखमा देशकै कान्छो नगर प्रमुखको रुपम परिचित मओवादीका उम्मेदवार उदयकुमार बरबरिया यादवलाई पछार्दै जनता समाज पार्टीका उम्मेदवार दिनेशप्रसाद यादव निर्वाचित हुनुभएको छ ।
महोत्तरीमा थप दुई पालिका जसपा र एकमा लोसपा विजय
महोत्तरी जिल्लामा रहेको १५ पालिकाहरु मध्ये अहिलेसम्म पाँच पालिकाको परिणाम आएको छ । वुधबार साँझसम्म तीन पालिकाको परिणाम प्राप्त भएको थियो भने बिहीबार थप दुई पालिकाको मतगणनाको परिणाम प्राप्त भएको छ ।
सुरुङ्गा नगरप्रमुखमा गीता चौधरी निर्वाचित
सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित हुनुभएको छ । कांग्रेसको तर्फबाट उम्मेदर चौधरी प्रमुख पदमा र उपप्रमुखमा रुद्रबहादुर कार्की निर्वाचित भएका छन् ।
जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता
जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता बढाउँदै जानुभएको छ । साहले पाँच हजार ६१ मत प्राप्त गर्नुभएको छ । एमालेका शिवशङ्कर साह तीन हजार २३१ मतका साथ दोस्रो, लोसपाका मनोज चौधरी एक हजार ४८८ मत प्राप्त गरी तेस्रो र स्वतन्त्र उम्मेदवार बलराम महतो एक हजार ४०८ मतका साथ चौथोे स्थानमा रहनुभएको छ । निवर्तमान नगरप्रमुखसमेत रहनुभएका गठबन्धनका लालकिशोर साह एक हजार २८३ मतका साथ पाँचौँ स्थानमा हुनुहुन्छ ।
मत परिणाम सार्वजनिक हुँदै
स्थानीय तह निर्वाचनअन्तर्गत मधेस प्रदेशका जिल्लाका मतगणना सम्पन्न भएका पालिकाका मत परिणाम घोषणा भइरहेको छ । यस प्रदेशका आठवटै जिल्लाभित्रका मतगणना सम्पन्न भएका स्थानीय तहको सम्बद्ध निर्वाचन अधिकृतको का