• ६ जेठ २०८१, आइतबार

सुरुङ्गा नगरप्रमुखमा गीता चौधरी निर्वाचित

blog

सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुख पदमा निर्वाचित गीता चौधरी । तस्विर : माला कर्ण

कल्याणपुर, जेठ ५ गते । सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित हुनुभएको छ । कांग्रेसको तर्फबाट उम्मेदर चौधरी प्रमुख पदमा र उपप्रमुखमा रुद्रबहादुर कार्की निर्वाचित भएका छन् ।

प्रमुखमा निर्वाचित चौधरीले सात हजार २९२ मत ल्याउनु भएकी छिन् भने उपप्रमुखमा निर्वाचित कार्कीले छ हजार २७५ मत ल्याउनुभएको छ । प्रमुख पदका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकिकृत समाजवादी)का रामनारायण चौधरीले चार हजार २१७ र उपप्रमुख पदकी निकटतम प्रतिद्वन्द्वी एकिकृति समाजवादीकै सुनिताकुमारी मुखियाले तीन हजार ९९८ मत प्राप्त गर्नुभयो ।

प्रमुख चौधरी थरुहट आन्दोलन चर्चामा आउनु भएको थियो । जिल्लाका १८ स्थानीय तहमध्ये राजनीतिक दलहरुका तर्फबाट प्रमुख तथा अध्यक्ष पदमा दलहरुले ६ जना महिला उम्मेदवार बनाइएको थियो । दुई जना महिलाले प्रमुख पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएको थियो ।

Author

माला कर्ण