• ४ जेठ २०८१, शुक्रबार

सुरूङगा नगरपालिका प्रमुखमा चौधरी विजयी

blog

ललिता साह

वोदेवर्साइन (सप्तरी), जेठ ५ गते । सप्तरीमा पहिलोपटक  नगरपालिका प्रमुखमा महिला उम्मेदवार विजयी हुनुभएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत विहीवार आएको परिणामअनुसार सुरूङगा नगरपालिका प्रमुखमा नेपाली काँग्रेसकी गीता चौधरीले जित हात पार्नुभएको हो । 

चौधरी सात हजार दुई सय ९२ मत ल्याउँदा एकीकृत समाजवादीका रामनारायण चौधरीले चार हजार, एक सय १७ र जनता समाजवादीका साबीर अलीले तीन हजार छ सय ६८ मत मात्र ल्याउनुभयो । नगर उपप्रमुखमा नेकपा एमालेका सलीमकुमारी पासवान, माओवादी केन्द्रका शिवकुमार राम र एकीकृत समाजवादीका सुनिताकुमारी मुखियालाई हराउँदै कांग्रेसका रुद्रबहादुर कार्की निर्वाचित हुनुभयो । 

कार्कीले ६ हजार दुई सय ७५ मत ल्याउँदा एमालेकी पासवानले दुई हजार एक सय तीन, माओवादी केन्द्रका रामले दुई हजार चार सय ६७ र एकीकृत समाजवादीकी सुनीता कुमारी मुखियाले तीन हजार नौ सय ९८ मत ल्याउनुभयो । योसँगै सप्तरीको इतिहासमा पहिलो महिला प्रमुख चौधरी पहिलो बन्नुभएको छ ।