• ४ जेठ २०८१, शुक्रबार

मानसिक स्वास्थ्यबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

blog

काठमाडौँ, वैशाख २१ गते । विश्वमा बढ्दै गएको मानसिक समस्याबारे जानकारी दिने उद्देश्यले जुम्लामा अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको अयोजना हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकास्थित म्यासाचुसेट्स अस्पतालको संयुक्त आयोजनामा वैशाख २२ र २३ गते सम्मेलन हुन लागेको हो । 

प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले पछिल्लो समय मानसिक समस्याले विकराल रूप लिन थालेको भन्दै ग्रामीण क्षेत्रमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो । हार्डवर्ड मेडिकल कलेजका सहप्राध्यापक तथा म्यासाचुसेट्स अस्पतालका मानसिक रोग विशेषज्ञ डा. श्रीधर पौडेलले सम्मेलनको नारा ‘सबैको मानसिक स्वास्थ्यका लागि नवप्रवर्तन तथा सहकार्य’ राखिएको जानकारी दिनुभयो । 

अमेरिकालगायत विश्वमा मानसिक समस्या बढिरहेको भन्दै उहाँले विश्वमा १३ प्रतिशत मानिस मानसिक समस्याबाट पीडित रहेको बताउनुभयो ।