भूक्षय र वातावरण जोगाउन वृक्षरोपण
सप्तरीको खाँडौ नदीको तटीय भागमा अवस्थित लौनियाँलाई भूक्षय र वातावरण जोगाउने उद्देश्यले विभिन्न प्रजातिका बोट विरुवा रोपिएका छन् । डिभिजन वन कार्यालय सप्तरीको सहयोग र गाउँपालिका तथा वडा नम्बर २ कार्यालयको सहकार्यमा एक हजार पाँच सय बोट विरुवा निःशुल्क वितरण गरिएको हो ।
सडकको बिस्कुनले दुर्घटनाको जोखिम
सर्लाहीको ग्रामीण भेगका कालोपत्रे सडकमा जथाभावी बिस्कुन सुकाउँदा दुर्घटनाको जोखिम बढेको छ।
भान्जाद्वारा मामाको हत्या
बारीमा काम गर्ने क्रममा भएको विवादमा भान्जा लालबन्दी–११, कै ३१ वर्षीय रवी विकले मामा लालबन्दी–१७, रानिगञ्ज निवासी ४५ वर्षीय अशोक विकको हत्या गरेका हुन् ।
धनुषाका सात पालिका बाढीजन्य विपद्को उच्च जोखिममा
बाढीजन्य विपद्को दृष्टिकोणले धनुषाका १८ स्थानीय तहमध्ये सात वटा पालिका उच्च जोखिममा छन् ।
जिसस गठनको प्रक्रिया सुरु
सर्लाहीमा जिल्ला समन्वय समितिको निर्वाचन प्रयोजनका लागि निर्वाचन कार्यक्रम अगाडि बढाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समिति गठनका लागि निर्वाचन कार्यक्रमको सूचना निकालेको हो ।
सडकबीचमा बिजुलीका खम्बा
सर्लाहीको बयलवास बजारमा सडकको बीचमा परेका बिजुलीका खम्बा बेलैमा नहटाइँदा जोखिम बढेको छ । निर्माणाधीन फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत केही महिनाअघि व्यक्तिगत घर र अन्य भौतिक संरचना भत्काएर विस्तार गरिएको बयलवास बजार क्षेत्रमा नाङ्गो तारभएका दर्जनौँ बिजुलीका खम्बाबीच सडकमा परेका छन् ।
लगातारको वर्षाले तरकारी किसान आजित
नयाँ वर्ष सुरु भएदेखि नै लगातार पर्दै आएको वर्षाले महोत्तरीका तरकारी किसान आजित भएका छन् । सातारदश दिन बिराएर पर्दै आएको वर्षाले नियमित गोडमेल र उपचार नपाउँदा तरकारी बाली पहेँलिदै गएपछि किसानको चिन्ता बढेको हो ।
श्रीमानको हत्या आरोपमा इनरवती पक्राऊ
सप्तरीमा आफ्नै श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उहाँकै श्रीमतीलाई पक्राउ गरेको छ ।
पत्रकार हकहितमा कन्जुस्याँई गर्दैनौं : मन्त्री साह
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश सरकार सञ्चार क्षेत्रलाई व्यवस्थि गर्नतर्फ ध्यान केन्द्रीत गरेकाले पत्रकार हकहितमा कुनै कन्जुस्याँई नगर्ने बताउनुभएको छ ।