जिसस बाराको प्रमुख र उपप्रमुखमा एमाले विजयी
जिल्ला समन्वय समिति बाराको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी हुनुभएको छ । जिसस प्रमुखमा एमालेका उम्मेदवार नरेन्द्रकुमार साहले २० मत ल्याई विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिनुभयो ।
नियमित विजुलीको माग गर्दै प्रदर्शन
पछिल्लो समय भइरहेको विजुली कटौतीको बिरोध गर्दै नियमित विधुतको माग राखी वीरगञ्जस्थित नेपाल विधुत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रको कार्यालय अगाडि उपभोक्ताहरुले बिरोध प्रदर्शन गरेका छन् ।
मिटरब्याजी साहविरुद्ध राजविराजमा प्रदर्शन
सप्तरीको मिटरब्याजी रामदेव साह तेलीविरुद्ध सोमबार सप्तरीको राजविराजमा पीडितहरुले प्रदर्शन गरेका छन् । परिबन्धमा परेका विपन्नलाई ऋण लगाएर साहले मिटरब्याजमा रकम असुल्नुका साथै सर्वसाधारणको जग्गासमेत कब्जा गरी शोषण गर्दैआएका पीडितहरुको आरोप छ । उजुरीको प्रहरीले वेवास्ता गर्दैआएको भन्दै पीडितहरुले न्यायका लागि प्रदर्शन गरेका हुन ।
सर्लाहीको चुरे भेगमा यातायात ठप्प
बर्खायाम सुरु भएसँगै सर्लाहीको उत्तरी चुरे भेगमा यातायात ठप्प भएका छन् । बाढीले खोलाको बाटो बिगारेपछि जिल्लाको चुरे भेगस्थित विकट क्षेत्रमा पर्ने नारायण खोला, शीर कालिञ्जोर, पिपलदमार लगायतका क्षेत्रमा यातायातका साधन अवरुद्ध भएका हुन् । त्यस भेगका स्थानीयहरु हिजोआज किनमेलका लागि बजारसम्म र औषधोपचारका लागि अस्पतालसम्म जान घण्टौं पैदल हिँड्न बाध्य छन् ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा दम्पतिसहित चारको मृत्यु
मृत्यु हुनेमा बारागढी गाउँपालिका –१ भवानीपुर टोल बस्ने २६ वर्षीय देवेन्द्र चौधरी र उहाँका २२ वर्षीया श्रीमति नन्दा चौधरी तथा सुर्वण गाउँपालिका–७ सनफुलवा टोलका ३५ वर्षीय बिरुलाल यादव र पछाडी सवार भारत मोतिहारी जिल्ला पूर्वी चम्पारण समरपुर गाउँपञ्चायत –२ निवासी ३० वर्षीय मेवाचन्दराय यादव रहेको बारा प्रहरीले जनाएको छ ।
स्वयंसेवक शिक्षकले पाएनन् तलब
सर्लाहीको बसबरिया गाउँपालिका–६, सहोडवामा रहेको एक संस्थाले स्वयंसेवक शिक्षक राखेर ठगी गरेको पाइएको छ । बसबरियाको दिगो विकासका लागि स्थानीय अग्रसरता केन्द्र नामक संस्थाले गएको वर्ष असोज, कात्तिकमा विभिन्न विद्यालयमा स्वयंसेवक शिक्षक राखेको थियो तर ती शिक्षकले अहिलेसम्म तलब पाएका छैनन् ।
नहरको पानी बस्तीमा पस्छ
भवरा नहरको पानी थुनिएर बस्तीमा पानी पस्ने समस्याबाट स्थानीयवासी पीडित बन्दै आएका छन् । लहान नगरपालिकाको १ र २ नम्बर वडाबाट बग्ने भवरा नहर पुरेर घरसमेत निर्माण गरिसकेकाले प्रत्येक वर्ष नहर भत्किने र नहरको वरिपरि रहेको नयाँ बस्तीमा पानी पसेर ठूलो समस्या उत्पन्न भएको स्थानीय विन्देश्वर चौधरीको भनाइ छ ।
यात्रु ठग्दै बाराका अटो र ई–रिक्सा
कलैयामा सञ्चालित अटो र ई–रिक्साले सर्वसाधारणलाई ठग्ने गरेको पाइएको छ । मनोमानी दोव्वर भन्दा बढी भाडा असुल गर्दै सेवाग्राहीलाई ठग्ने गरेको पाइएको छ ।
चट्याङ प्रतिरोधी प्रणाली जडानले मानवीय क्षति शून्य
मेघ गर्जन थालेपछि चट्याङ खस्ने सम्भावना बलियो रहन्छ । घर वा बाहिर चट्याङ जहाँ भए पनि पर्न सक्छ । चट्याङमा परेपछि प्रायः मृत्यु हुने गरेको कारण यसबाट जोगिन घर बाहिरका मानिसमा ओत लाग्न अतालिएर भागदौड मचिन्छ ।