नागरिकको अधिकार सुनिश्चित गर्न कानुन कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानलाई कार्यान्वयनमा ल्याउँदै नागरिकको मानव अधिकार संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ ।
आइएफआरसीद्वारा तत्काल ‘जाजरकोट भूकम्प’बाट पीडितलाई रु १० करोड सहयोग
रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) ले ‘जाजरकोट भूकम्प’बाट प्रभावितलाई तत्काल रु १० करोड सहयोग उपलब्ध गराएको छ ।
सयपत्री बेचेर नौ लाख आम्दानी
सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश दर्नाललाई तानेको छ ।
पर्यटन मन्त्रालय अन्तर्गत भूकम्प पीडितलाई चार करोड बढी सहयोग
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जाजरकोट भूकम्पपीडितलाई सहयोग जुटाएको छ ।
तिहारमा ८० प्रतिशत स्थानीय माला प्रयोग, विदेशी माला आयतमा कमी
यस वर्षको तिहारमा नेपालमा ४० लाख थान फूलको माला खपत हुने अनुमान गरिएको छ । पुष्प व्यवसायीको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार नेपालमा मागको ८० प्रतिशत फूल भने नेपाली उत्पादनले नै धान्ने देखिएको छ ।
तिहारका लागि फूल र मालाको मूल्य निर्धारण
फ्लोरिकल्चर एसोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ । समितिले सयपत्री फूलको मालाको एक सय र फूलको प्रतिकिलो पाँच सय रुपियाँ तोकेको छ ।
भेडा गोठालाले पत्ता लगाए दर्जनौँ पोखरी
दोलखाको गौरीशङ्कर गाउँपालिका–७ मार्बुमा भेडा गोठालाले दर्जनौँ पोखरीहरू पत्ता लगाएका छन् । वडाको माथिल्लो भेगमा मात्र साना ठुला गरी दर्जनौँ पोखरीहरू पत्ता लागेका छन् ।
नेकपा एमाले सचिवालय बैठक बस्दै
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । बैठक आज पौने १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने पार्टी सचिवालयले जानकारी दिएको छ ।
शिविरमा एक हजार जनाको स्वास्थ्य परीक्षण
दोलखाको गौरीशङ्कर गाउँपालिका–१ र २ मा निःशुल्क स्वास्थ्य शिविरबाट करिब एक हजार महिला तथा बालबालिका लाभान्वित भएका छन् । वडा नं. २ जुँगुस्थित नीलकण्ठेश्वर माध्यमिक
सदन प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्छ : नेत्री श्रेष्ठ
जनता समाजवादी पार्टी नेपालकी नेत्री सुशीला श्रेष्ठ लोकतन्त्रमा सरकार तथा सदनका कामकारबाही प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्नेमा दृढ मान्यता राख्नुहुन्छ ।
संसद् भवन निर्माण तीव्र
सहरी विकास मन्त्रालयले सङ्घीय संसद्को हिउँदे अधिवेशनको प्रारम्भसँगै निर्माणाधीनमध्ये पाँच वटा भवन निर्माण सम्पन्न गर्ने दाबी गरेको छ । हिउँदे अधिवेशनमा मुख्य पाँच भवन निर्माण सक्ने दाबी मन्त्रालयले गरेको हो । मन्त्रालयले भवन निर्माणको प्रगति र आन्तरिक साजसज्जा (इन्टेरियर) को कामबारे मङ्गलबार सभामुख देवराज घिमिरेसहितका पदाधिकारीलाई जानकारी गराएको हो । हिउँदे अधिवेशनका बैठक नयाँ भवनबाट राख्ने गरी काम सम्पन्न गर्न यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख घिमिरे तथा सहरी विकासमन्त्री सीता गुरुङले ठेकेदारलाई पटक पटक निर्देशन दिनुभएको थियो ।
भूपाल प्रज्ञापरिषदबाट भूकम्प पीडितलाई १० लाख सहयोग
भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले जाजरकोट र रूकुम पश्चिममा आएको भूकम्पका कारण मानवीय र भौतिक क्षति भोगेका त्यस क्षेत्रका पीडितका लागि १० लाख रुपियाँ राशि प्रदान गरेको छ ।
उपराष्ट्रपतिद्वारा युएईलाई आभार व्यक्त
उपराष्ट्रपति रामसहायप्रसाद यादवले ठुलो सङ्ख्यामा नेपाली श्रमिकलाई रोजगारीको अवसर उपलब्ध गराएकामा संयुक्त अरब इमिरेट्स (युएई) सरकारप्रति आभार प्रकट गर्नुभएको छ ।
काञ्जी हाउसमा गाईबाच्छा लैजाने महानगरपालिकाको तयारी पूरा
काठमाडौं महानगरपालिकाले कात्तिक २३ गतेदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं. ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने भएको छ ।
अध्यक्ष नेपाल चीन प्रस्थान
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन प्रस्थान गर्नुभएको छ ।
भूकम्पपीडितलाई माओवादीको ५० लाख सहयोग
नेकपा (माओवादी केन्द्र) ले जाजरकोट भूकम्पपीडितका लागि ५० लाख राहत रकम सहयोग गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।
भूकम्पपीडितलाई सञ्चार मन्त्रालयको सहयोग
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहत निकायका कर्मचारीले भूकम्पपीडितलाई सहयोग गर्ने भएका छन् । मन्त्रालयका सचिव कृष्णबहादुर राउत संयोजकत्वमा बसेको बैठकले जाजरकोट भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले क्रिकेट रङ्गशाला निर्माण गर्न सहयोग गर्ने
बागमती प्रदेश सरकारले चितवनमा निर्माणाधीन अवस्थाको गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणमा सहयोग गर्ने भएको छ । प्रदेश सरकार र भरतपुर महानगरपालिकाको संयुक्त लगानीमा निर्माणाधीन क्रिकेट रङ्गशालाले पूर्णता पाउने भएको हो ।
विश्वकप छनोटमा यमनसँगको खेलका लागि तयारी गर्दै नेपाल
नेपालले एएफसी एसिया कप २०२७ र फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत यमनविरुद्धको पहिलो लिगका लागि तयारी थालेको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेता एक ठाउँमा हुनुहुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेताहरू एक ठाउँ उभिएको बताउनुभएको छ ।
भूकम्पपीडितलाई भूपाल प्रज्ञापरिषद्को दश लाख सहयोग
भूकम्पपीडितलाई भूपाल प्रज्ञापरिषद्ले दश लाख सहयोग गरेको छ । प्रज्ञापरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो ।
नेपालको विकासमा भारतीय सहयोग महत्त्वपूर्ण : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विकासमा भारतीय सहयोग महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
शीर्ष नेताबिच छलफल : लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता
शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबिच छलफल सकिएको छ । सिंहदरबारमा मङ्गलबार अपराह्न भएको छलफलमा शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति बलियो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
पोल्याण्ड पठाउने भनी ३८ लाख ठगी गर्ने पक्राउ
पोल्याण्डमा वैदेशिक रोजगारीमा पठाउने भनी ३८ लाख रुपियाँ ठगी गर्ने ३९ वर्षीय सुनिता कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।