• ७ जेठ २०८१, सोमबार

भूपाल प्रज्ञापरिषदबाट भूकम्प पीडितलाई १० लाख सहयोग

blog

उपप्रधान मन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (बायाँ) लाई प्रज्ञापरिषद्का कोषाध्यक्ष प्रा.डा.बालमानसिंह कार्की १० लाखको चेक हस्तान्तरण गर्नुहुँदै ।

काठमाडौं, कात्तिक २१ गते । भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले जाजरकोट र रूकुम पश्चिममा आएको भूकम्पका कारण मानवीय र भौतिक क्षति भोगेका त्यस क्षेत्रका पीडितका लागि १० लाख रुपियाँ राशि प्रदान गरेको छ ।

प्रज्ञापरिषद्का कोषाध्यक्ष प्रा.डा. बालमानसिंह कार्कीले आजै उपप्रधान मन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १० लाख रुपियाँ राशिको चेक हस्तान्तरण गर्नुभयो ।

प्रज्ञापरिषद्का अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा आज बसेको परिषद्को सो रकम सहयोग गर्ने निर्णय गरेको जानकारी भूपाल प्रज्ञापरिषद्का सदस्यसचिव नरेन्द्रराज प्रसाईले दिनुभयो ।