कृषि क्षेत्रको व्यावसायीकरण गर्न माग
अखिल नेपाल किसान महासङ्घले आगामी आवको नीति तथा कार्यक्रममा कृषिक्षेत्रको व्यावसायीकरण गरी निर्यात प्रवर्द्धन गर्न राष्ट्रिय योजना आयोगलाई आग्रह गरेको छ ।
दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको आँखा परीक्षण
बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न हेटौँडामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने पक्राउ
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबुक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई आज पक्राउ गरेको छ ।
तिहार झिलिमिली पार्न ६० करोडको बत्ती आयात
तिहार सुरु हुनै लाग्दा बिजुली पसलहरुमा ग्राहको चहलपहल बढ्दै गएको छ । यो पर्वमा विभिन्न प्रकारका झिलिमिली बत्तीको व्यापार फस्टाउँछ ।
अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुँदै
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विशेष साधारण सभा बिहीबार हेटौँडामा सुरु भएको छ ।
प्रधानमन्त्री र मन्त्रीले भूकम्पपीडितलाई एक महिनाको पारिश्रमिक दिने
सरकारले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको पारिश्रमिक भूकम्प पीडितलाई उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
रेशमलाल चौधरीविरुद्धको मुद्दा स्थगित
रेशमलाल चौधरीविरुद्धको मुद्दा स्थगित भएको छ । चौधरीविरुद्धको मुद्दामा पाँच महिनापछि तोकिएको सुनुवाइ स्थगित भएको हो ।
अमेरिका नेपालको बृहत्तर हित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा अमेरिकाको पाँचदिने औपचारिक भ्रमणमा वासिङ्टन डिसी आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले यहाँ महत्वपूर्ण भेटघाट गरी द्विपक्षीयहितका बहुआयामिक छलफल गर्नुभएको छ ।
अर्थतन्त्र लयमा ल्याउन बैङ्किङ क्षेत्रको योगदान अतुलनीय : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्मक रहेको बताउनुभएको छ ।
चितवनको सयपत्री र मखमली फूल हङकङ निर्यात हुने
चिवतनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला हङकङ निर्यात हुने भएको छ । माला र फूल हङकड लैजानका लागि बिहीबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनले चिनीको ‘कोटा’ बढायो
साल्ट ट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पोरेशनले गत मङ्गलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पु¥याएको हो ।
कालिका नगरपालिकामा खाना फाले कारबाही गरिने
चितवनको कालिका नगरपालिकाले सार्वजनिक स्थानमा आयोजना हुने भोजभतेर तथा होटलमा खाना फाल्न नपाउने नीति लिएको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
युवा वैज्ञानिक अनुसन्धान सहयोग कार्यक्रम सञ्चालनमा ल्याइएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मार्फत युवा वैज्ञानिक अनुसन्धान सहयोग कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभएको छ ।
उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले यही कात्तिक २७ गतेदेखि मङ्सिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई) का लागि तय भएको भ्रमण स्थगित गर्नुभएको छ ।
निक्षेपकर्तालाई जाहेरी दिन आग्रह
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ । प्रहरीले उजुरी दिनका लागि शुक्रबारसम्मको समयसीमा तोकेको छ ।
रेशम चौधरीको मुद्दामा अन्तिम सुनुवाइ आज
राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै छ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहोराका पत्नी शारदा कठायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो ।
देवघाटमा ढुङ्गेधारा निर्माण
पवित्र धार्मिक तीर्थस्थल देवघाट जाने बाटोमा करिब २२ लाख रुपियाँको लागतमा निर्माण भएको कलात्मक ढुङ्गेधारा उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका–१ स्थित देवघाटधामको विश्रामस्थलमा निर्माण गरिएको उक्त कलात्मक ढुङ्गेधाराको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो ।
महसुल नतिर्नेको विद्युत् लाइन काटियो
कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटिएको हो । लाइन काटिएका सेवाग्राहीमध्ये सात सय ६० जनाबाट बक्यौता रकम असुली गरिएको कार्यालयका प्रमुख रामु श्रेष्ठले बताउनुभयो ।
भूकम्पका घाइतेसँग स्वास्थ्य मन्त्री बस्नेतको भेट
जाजरकोट र पश्चिम रुकुममा कात्तिक १७ गते आएको विनाशकारी भूकम्पमा परेर गम्भीर घाइते भएपछि थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याइएका उपचाररत घाइतेलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले भेट्नु भएको छ ।
जीर्ण भवनबाट हुलाकको सेवा
ललितपुर पाटन दरबारटोलस्थित जीर्ण अवस्थामा रहेको इलाका हुलाक कार्यालय भवन ।
सामूहिक भाइटीका अभियानको २५ औँ वर्ष, यस वर्ष विशेष कार्यक्रम
सामूहिक भाइटीका अभियानको २५ औँ वर्ष पुगेको अवसरमा काठमाडौँमा यस वर्ष विशेष कार्यक्रमसहित सामूहिक भाइटीकाको आयोजना गरिने भएको छ । समाजसेवी अञ्जली दिदी (अञ्जली मास्के) ले विसं २०५५ देखि काष्ठमण्डपमा विविध कारणले दिदीबहिनीको हातबाट भाइटीका लगाउन जान नपाएका दाजुभाइलाई सामूहिक भाइटीका लगाउँदै आउनुभएको छ । यस व
मतदाता शिक्षा कार्यक्रम : स्थानीय तहलाई जिम्मेवार बनाइने
निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम लागु गर्न स्थानीय तहलाई नै पूर्ण रूपमा जिम्मेवार बनाउने गरी कानुनको मस्यौदा गरिएको छ । स्थानीय तह र आम निर्वाचनमा निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम निष्प्रभावी भएपछि आयोगले निर्वाचन शिक्षा तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०८० मा यस्तो प्रस्ताव गरेको छ ।
राष्ट्रपतिद्वारा घाइतेको उपचारमा ध्यान दिन आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइतेभएकाहरूको उपचारमा ध्यान दिन आग्रह गर्नुभएको छ ।