सेवाग्राहीमैत्री हुँदै नागार्जुन
नागार्जुन नगरपालिकाले सेवा प्रवाह र सुशासनलाई फरक रूपमा सञ्चालन गर्न थालेको छ । नगरपालिका वडा नं. ५ स्थित हरिसिद्धिमा अत्याधुनिक प्रशासनिक भवन निर्माण गरेसँगै सेवा प्रवाह र सुशासनलाई फरक रूपमा सञ्चालन गर्न थालेको हो । नगरपालिकाको पहिलो तलामा नागरिक सहायता कक्ष स्थापना गरी सेवाग्राहीलाई परामर्श दिने गरेको छ ।
२७ विद्यालयलाई बस खरिदमा अनुदान
बागमती प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुलाई बस खरिदमा अनुदान दिने भएको छ ।
पाँचवटा मन्त्रालयको सङ्गठन संरचना स्वीकृत
बागमती प्रदेश सरकारले पाँचवटा मन्त्रालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गरेको छ ।
भूकम्पपीडितको सेवामा एमालेका जनसङ्गठन परिचालित
नेकपा (एमाले)का सबै जनसङ्गठनले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको सेवामा जुट्ने भएका छन् । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज भएको जनसंगठन समन्वय संयन्त्रको बैठकले अहिलेसम्म गरिएका उद्धार तथा राहतको कामप्रति धन्यवाद दिँदै प्रभावित क्षेत्रमा फैलन सक्ने महामारीप्रति सचेत हुँदै राहतका अघि बढाउने निर्णय गरेको संयन्त्रका प्रमुख भानुभक्त ढकालले बताउनुभयो ।
राष्ट्रपतिद्वारा घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग भूकम्पबाट घाइते भएकाको प्रभावकारी उपचार सेवामा कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभएको छ ।
गुञ्जिन थाले तिहारका गीत
उज्यालोको पर्व तिहार आउन केही दिन मात्र बाँकी छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीतमा अधिकांश नेपाली चलचित्रका हुने गर्दछन् । कालजयी ती गीत अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीतमा पनि समेटिएका छन् ।
पर्यटन मन्त्रालय मातहत निकायबाट चार करोडभन्दा बढी सहयोग
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्पीडितका लागि सहयोग जुटाएको छ । मन्त्रलयले आज प्रधामन्त्री रहत कोषमा चार करोड १३ लाख ९८ हजार नौ सय ८८ सङ्कलन भएको रकम जम्मा गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ
चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका समयमा चोरीसिकोरी हुनसक्ने जनाउँदै सुरक्षा व्यवस्थामा कडा गरेको छ ।
एमालेले तीन हप्ता पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने
नेकपा (एमाले) ले मंसिर १४ गतेदेखि तीन हप्ता पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्री विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भएका छन् : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले १६ वर्षदेखि पास हुन नसकेका स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भइसकेको बताउनुभएको छ ।
‘नेपालमा आमा र बालबालिकाको पोषण अवस्थामा सुधार’
नेपाल–सुआहारा २ “गुड न्युट्रिसन” परियोजनामार्फत पोषणमा युएसएआईडीले गरेको लगानीको परिणामस्वरूप नेपालमा आमा र बालबालिकाको पोषणको अवस्थामा सुधार आएको छ ।
भोजपुरका घर-घरमा साना मिल
केही वर्ष अगाडिसम्म ठूला मिलमा कुटानी पिसानीका लागि आउनेको भीडभाड देखिन्थ्यो । अहिले भोजपुरमा सञ्चालन गरिएका ठूला मिल केही मात्रै बाँकी छन् । गाउँ-गाउँमा विद्युतको पहुँच पुगेसँगै ठूला मिल विस्थापित भएका हुन् ।
भूकम्पबाट प्रभावित पत्रकारलाई महासङ्घको राहत
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट प्रभावित सञ्चार संस्था तथा पत्रकारलाई नेपाल पत्रकार महासङ्घले राहत उपलब्ध गराउने भएको छ ।
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ६३ दशमलव ९४ को विन्दुमा कायम भएको हो ।
‘चितवनमा चिनीको अभाव छैन’
तिहार नजिकिँदै जाँदा चितवन जिल्लामा चिनीको अभाव हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले गोदामहरूमा अनुगमन गरेको छ । गृह मन्त्रालयको परिपत्रअनुसार कार्यालयले बजारमा रहेका ठुला व्यवसायीको गोदाममा अनुगमन गरेको हो ।
महतारालाई ३० हजार नगद पुरस्कार
नइ प्रकाशनले २०७९ सालको बाह्र कक्षाको परीक्षामा सम्मिलित भई हुम्ला जिल्लाको सर्वोत्कृष्ट छात्रा सविता महतारालाई ३० हजार रुपियाँ राशि सहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ ।
कृषि गणना २०७८ : प्रदेशमा कृषिबाटै खान नपुग्ने परिवार ५६ प्रतिशत
बागमती प्रदेशमा ५५ दशमलव नौ प्रतिशत परिवारलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको कृषि गणना २०७८ को प्रतिवेदनअनुसार यस प्रदेशमा ५५ दशमलव नौ प्रतिशतलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने देखिएको हो ।
नेकपा उपत्यका ब्युरोले गर्यो ३२ लाख बराबरको राहत सङ्कलन
नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरोले रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावितका लागि ३२ लाख रुपियाँ बराबरको राहत सङ्कलन गरेको छ।
प्रादेशिक विश्वविद्यालय : आवेदन दिने समयसँगै विषय थप गरियो
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमातहत रहेको प्रदेश उच्च शिक्षा परिषद्को सचिवालय, हेटौँडाले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवेदन दिने म्याद पुनः थप गरेको छ ।
बिचौलियाका कारण एमडिएमए लागू गर्न समय लाग्यो : अध्यक्ष खनाल
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बिचौलियाहरूका कारण मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमए) लागू हुन समस्या भएको बताउनुभएको छ ।
अनुगमनका लागि राज्य व्यवस्था समितिका सदस्यहरू भूकम्प प्रभावित क्षेत्रमा
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित सदस्यहरू स्थलगत अध्ययन र अनुगमनका लागि जाजरकोट–भूकम्पबाट प्रभावित क्षेत्रतर्फ जानुभएको छ ।
मिथ्या सन्देशले समाज दूषित पार्दै छ, सचेत होऔँ : उपाध्यक्ष भुसाल
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले सूचना प्रविधिको दुरुपयोगलाई सरकारले नियमन र नियन्त्रण गरेर समाजलाई दूषित हुनबाट जोगाउनुपर्ने बताउनुभएको छ ।
मखमली मालाको माग धेरै : उचित मूल्य नपाएकोमा व्यवसायी निराश
मखमली फूलको मालाको माग अत्याधिक भए पनि मूल्य नपाएको किसानहरुको गुनासो छ । गुण्डुका किसानहरुले नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारका लागि आवश्यक मखमली फूलको माला उन्न र बिक्री गर्न थालेका छन् ।
राप्रपा अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन संयुक्त राज्य अमेरिकाको १२ दिने भ्रमण पूरा गरीस्वदेश फर्किनुभएको छ ।