• १३ असोज २०८१, आइतबार

महतारालाई ३० हजार नगद पुरस्कार

blog

सविता महतारा

काठमाडौं, कात्तिक २२ गते । नइ प्रकाशनले २०७९ सालको बाह्र कक्षाको परीक्षामा सम्मिलित भई हुम्ला जिल्लाको सर्वोत्कृष्ट छात्रा सविता महतारालाई ३० हजार रुपियाँ राशि सहित  ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ ।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले जनाएअनुसार महताराले सूर्योदय उच्च माध्यमिक विद्यालयमा अध्ययन गरी हुम्ला जिल्लाबाट १२ कक्षामा छात्रातर्फ सबैभन्दा धेरै नम्बर २।९५ जिपिए ल्याउनु भएको छ ।

‘नइ कपिल विद्यापदक’ डा. कपिलदेव उपाध्यायका सम्मानमा नइ प्रकाशनले स्थापना गरेको हो ।

छात्राहरूलाई मात्र प्रदान गरिने नइ विद्यापदक अरू दुर्गम जिल्लामा पनि विस्तार गर्दै लाने नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले लक्ष्य जानकारी दिनुभयो ।