जाजरकोटमा पुनः ५.८ रेक्टरको भूकम्पको धक्का
जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर फेरि भूकम्पको पराकम्प गएको छ । अपरान्ह ४ः३४ बजे जाजरकोट केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाले बताउनुभयो ।
नेकपा एसले भूकम्प प्रभावितलाई २५ लाख दिने
नेकपा (एकीकृत समाजवादी) ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरूलाई २५ लाख रुपियाँ सहयोग गर्ने भएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा औषधिसहित अत्यावश्यक वस्तुको सहजता होस्: समिति
प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले जाजरकोट र रुकुमपश्चिमलगायत भूकम्प प्रभावित क्षेत्रमा औषधिसहित दैनिक उपभोग हुने अत्यावश्यक वस्तुको सहज व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
लागूऔषधसहित छ जना पक्राउ
लागूऔषधसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर प्रहरीले फरक-फरक मितिमा लागूऔषधसहित छ जनालाई पक्राउ गरेको हो ।
समुदायमा आधारित कृषि प्रणालीमा जाँदैछौं : मुख्यमन्त्री
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषि क्षेत्रमा राज्यले गरेको लगानीको अनुपातमा प्रतिफल प्राप्त नभएको बताउनुभएको छ ।
मालपोतका तत्कालीन अधिकृतविरुद्ध दुई करोड नौ लाख बढीको भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध राजस्व चुहावटको आरोपमा दुई करोड नौ लाख ३१ हजार ६४७ रुपियाँ भ्रष्टाचार मुदा दायर भएको छ ।
भक्तपुरमा बन्दै तिहारका लागि पाला
नेपालीहरूको दोस्रो ठुलो पर्व हो तिहार । तिहारको प्रमुख विशेषतामध्ये एक हो दीपावली अर्थात् झिलिमिली बत्ती बाल्ने । पछिल्ला केही दशकयता विद्युतीय बत्तीको प्रयोग बढे पनि माटोको दियो बाल्ने परम्परागत प्रचलन पनि उत्तिकै प्रयोगमा छ ।
एमाले बागमतीको भूकम्पपीडितलाई ६ लाख सहयोग
नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले कर्णाली प्रदेशको भूकम्पपीडितका लागि ६ लाख सहयोग रकम उपलब्ध गराउनेभएको छ ।
भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग
नबिल बैंक लिमिटेडले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामग्री उपलब्ध गराएको छ । प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतका लागि बैंकले एक करोड रुपियाँ बराबरको राहत सामग्री वितरण गर्ने निर्णय गरेको हो ।
अपाङ्गमैत्री सडक बनाउँदै खैरहनी
नगरपालिकाले शारीरिकरूपमा अशक्त भएकाका लागि ‘ह्विलचियर’ मैत्री फुटपाथसहित सडकको स्तरोन्नति गर्न थालेको हो । खैरहनी नगरपालिकाभित्र खैरहनी चोकदेखि वाड नं १२ को कुमरोज पुग्ने सडक, चैनपुर चोक उत्तरतर्फ पुलदेखि बिन्दवासिनी चोक हुँदै शिवालय जाने सडक, सिमल टाँडी चोकबाट उत्तर दक्षिण दुवैतर्फको सडक, नगरपालिका गेटदेखि चैनपुर चोकसम्म पुग्ने सडक, मगनी
स्थानीय आवश्यकता धान्ने सयपत्री फूल उत्पादन
चितवन जिल्ला तिहारका लागि फूलको माला पुर्याउन सक्ने गरी आत्मनिर्भर बनेको छ । हरेक वर्ष भारत तथा अन्य जिल्लाबाट फूल आयात गर्नुपर्ने अवस्थाको अन्त्य यस वर्ष हुने पुष्प व्यवसायीले जानकारी दिएका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपाल, जिल्ला समिति चितवनका सचिव सुलभ श्रेष्ठले जिल्लाको मागलाई यहाँको उत्पादनले पुग्ने बताउनुभयो ।
सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी
गृह मन्त्रालयले टिकटकलगायत सामाजिक सञ्जालको मर्यादित रुपमा प्रयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति र समाजमा नकारात्मक प्रभाव पार्नाका साथै व्यक्तिको चरित्र हत्या हुने, शान्तिसुरक्षाको अवस्थामा प्रभाव पार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने भएकाले त्यस्ता सामग्री सञ्जालमा नराख्न अनुरोध गरेको हो ।
भूकम्पपीडितलाई सहयोग गर्न आग्रह
जाजरकोट भूकम्पपीडितलाई राहत र घाइते उद्धारमा जुट्न कलाकारले आग्रह गरेका छन् । उनीहरूले सबै कलाकारलाई आफूहरूले सकेको सहयोग गर्न आग्रहसमेत गरेका छन् । चलचित्र निर्माता तथा निर्देशक आकाश अधिकारीले सामाजिक सञ्जालमार्फत आफूसँग भएको पाँच हजार ७० थान त्रिपाल पीडितलाई सहयोग गर्ने जनाउनुभएको छ ।
पूर्वसूचना दिने उपकरण चलाउन समस्या
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले २०७२ सालको भूकम्पपछि भूकम्प जानुभन्दा करिब ३० सेकेन्डअघि पूर्वसूचना दिने प्रणालीका साथै सेन्सर देशका विभिन्न स्थानमा स्थापना गर्यो । तर सो प्रणाली हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । चीन सरकारको सहयोगमा नास्टले हालसम्म देशभरका ६५ स्थानमा भूकम्प पूर्वसूचना प्रणाली (सेन्सर) जडान गरेको छ ।
कम रेक्टरको भूकम्प जाँदा पनि जाजरकोटमा किन भयो बढी मानवीय क्षति ?
गत वर्ष डोटीमा गएको ६.६ रेक्टरस्केलको भूकम्प जाँदा ६ जनाको मात्र मृत्यु हुँदा अहिले जाजरकोटमा ६.४ रेक्टरस्केलको भूकम्प जाँदा १५८ जनाको मृत्यु भएको छ । यसो हुनुका कारणबारे भूकम्पविदहरुले विभिन्न कारण औल्याउनुभएको छ ।
जाजरकोटमा आइतबार पनि दुई भूकम्प
जाजरकोटमा आज (आइतबार) पनि दुई पल्ट भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १:२२ बजे चार रेक्टर स्केलको भूकम्प गएको हो ।
सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी र टिकटकबिच छलफल
सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि नेपाल प्रहरी र टिकटकबिच छलफल भएको छ । सामाजिक सञ्जालनमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीमाथि कारबाही गर्न नेपाल प्रहरीको साइवर ब्युरोलगायत सरकारी निकाय र टिकटकको कार्यालय, सिंगापुरबिच शुक्रबार छलफल भएको हो ।
सशस्त्रले पठायो ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’
सशस्त्र प्रहरी बल नेपालद्वारा टेन्टसहित तीन वटा ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’ भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।
अनलाइनमार्फत १९ लाख बढी ठगी गर्ने एक पक्राउ
सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम आइडी आदिमार्फत १९ लाख २५ हजार रुपियाँ ठगी गर्ने २३ वर्षीय शिरीष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
भूकम्पमा ज्यान गुमाउनेको अन्त्येष्टि र पीडितलाई राहत वितरण
शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा निधन हुनेको सङ्ख्या एक सय ५७ पुगेको छ । सो घटनामा जाजरकोटमा एक सय पाँच र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको तथ्याङ्क प्राप्त भएको सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
पाकिस्तानका प्रधानमन्त्रीद्वारा शोक व्यक्त
पाकिस्तानका प्रधानमन्त्री अम्बर उल हक ककरले जाजरकोट भूकम्पमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भूकम्पपीडितप्रति ऐक्यबद्धता जाहेर गर्नुभएको छ ।
पौडी महासङ्घका अध्यक्ष हुसेन नेपाल आउँदै
नेपाल पौडी सङ्घको निमन्त्रणामा अन्तर्राष्ट्रिय पौडी महासङ्घ (वर्ल्ड एक्वाटिक्स) का अध्यक्ष क्याप्टेन हुसेन अल मुसलम नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।
बैङ्किङ कसुर मुद्दाका फरार दुई जना पक्राउ
बैङ्किङ कसुर मुद्दाका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
केयूले ल्यायो नेपालमा पहिलो हाइड्रोजन कार
नयाँ–नयाँ विषयको खोज तथा अनुसन्धान गर्दै धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) ले नेपालमा पहिलो पटक ‘हाइड्रोजन कार’ ल्याएको छ ।