भिटामिन ‘ए’ खुवाइँदै
मकवानपुरमा शुक्रबारबाट भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । जिल्लामा भिटामिन ‘ए’ खाने छदेखि ५९ महिना उमेरसम्मका करिब ३५ हजार पाँच सय जना बालबालिका रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
चिनीको कृत्रिम अभावको खबर हटलाइनमा
चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइएमा हेलो सरकार र नेपाल प्रहरीको निःशुल्क हटलाइन नम्बर (१००) मा खबर गर्न सकिने भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले चिनीको कृत्रिम अभाव सिर्जना गर्नेबारे हेलो सरकार र नेपाल प्रहरीको निःशुल्क हटलाइन नम्बर (१००) वा नेपाल प्रहरीको सामाजिक सञ्जालमा खबर गर्न आग्रह गर्नुभएको हो । उहाँले चाडपर्वको अवसरमा चिनीको कृत्रिम अभाव हुन नदिई आमउपभोक्तासम्म सहज बनाउन प्रहरीले सबै उपाय अपनाउने स्पष्ट पार्नुभयो । चिनीको कृत्रिम अभाव सिर्जना हुन नदिन नेपाल प्रहरीको एकाइ परिचालन गरिएको बताउँदै उहाँले दसैँयता मुलुकको विभिन्न स्थानमा लुकाइएका र गैरकानुनी रूपमा ल्याइएका चिनी बरामद गरिएको जानकारी दिनुभयो ।
सिंहदरबारभित्र तस्बिर खिच्न रोक
सिंहदरबार परिसरभित्र तस्बिर, भिडियो खिच्न तथा टिकटक बनाउन रोक लगाइएको छ । केही समययता सिंहदरबार परिसरमा रहेका अति विशिष्टको कार्यालय अगाडि तस्बिर, भिडियो खिच्ने तथा टिकटक बनाउने क्रम बढ्दै गएकाले सो कार्यलाई निषेध गरिएको नेपाल प्रहरीले जनाएको छ ।
मेलम्चीको पानी वितरण अनिश्चित
यो वर्ष मेलम्चीको पानी वितरण अनिश्चित बनेको छ । विगतको तुलनामा यो वर्षको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स तथा मुख्य बाँधमा बढी मात्रामा माटोको लेदो र गेग्य्रान थुपारे पनि अहिलेसम्म त्यसलाई हटाउने काम सुरु हुन सकेको छैन । यस पटकको बाढीपहिरोले आयोजनाको मुहान र हेडवक्र्सका साथै आयोजनाको गेट नम्बर ९ र १० पूर्ण रूपमा पुरिएको छ । बाढीपहिरोले आयोजनाको हेडवक्र्स र मुख्य बाँधमा पुग्ने पहुँच मार्ग बगाउँदा त्यसको मर्मत निर्माण अहिलेसम्म सुरु हुन नस
प्रधानाध्यापक पदका लागि महानगरद्वारा दरखास्त आव्हान
काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदका लागि दरखास्त आव्हान गरेको छ ।
पहाडी भू–भागका केही स्थानमा आंशिक बदली
आगामी तीन दिन पहाडी भूभागका केही स्थानमा आंशिक बदली भए पनि बाँकी भूभागको मौसम सफा रहनेछ । मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी भूभागका केही स्थानमा मौसम आंशिक बदली भएको छ ।
‘धार्मिक पर्यटकीयस्थलको विकास एवम् प्रचार प्रसार गरिनुपर्छ’
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपूरासुन्दरी आफैँमा पवित्र पर्यटकीय गन्तव्य भएकाले यस ठाउँको विकास गरिनुपर्नेमा जोड दिनुभएको छ ।
विश्वकप खेल्न पाउनु भाग्यमानी ठान्छु : कप्तान रोहित
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को ट्वान्टी–२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको बताउनुभएको छ ।
नेपाललाई सघाउने विकास साझेदारको प्रतिबद्धता
नेपालको विकासमा सक्रिय १६ विकास साझेदारले यहाँको सामाजिक-आर्थिक उन्नयनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) बमोजिम उच्च प्राथमिकता प्राप्त लगानी र नीतिहरुको कार्यान्वयनमा नेपाललाई सहयोग गर्नका लागि वित्तीय तथा प्राविधिक सहायता एकीकृत एवम् विस्तार गर्न विकास साझेदारहरू सहमत भएका छन् ।
तारा एयरका दुई क्याप्टेनबीच मन्थली विमानस्थलमा झगडा, प्रहरीमा उजुरी
रामेछाप विमानस्थलमा दुई पाइलटबीच हात हालाहाल भएको छ । आज बिहान काठमाडौँ कोटेश्वर निवासी तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाहलाई सोही एयरका क्याप्टेन सञ्जीव श्रेष्ठले थप्पड हानी धकेल्नुभएको थियो ।
महिलाको फोटो दुरुपयोग गरी ठगी गर्ने दुई पक्राउ
समाजिक सञ्जालबाट महिलाको फोटो दुरुपयोग गरी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चिनीको कृत्रिम अभाव गरिएको थाहा भए १०० मा फोन गर्नु : नेपाल प्रहरी
चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।
प्यालेस्टिनी शरणार्थीको पक्षमा नेमकिपाको प्रदर्शन
नेपाल मजदुर किसान पार्टीले इजरायल र प्यालेस्टाइनबीच भइरहेको युद्धको सन्दर्भमा प्यालेस्टिनी शरणार्थीको पक्षमा काठमाडौंमा प्रदर्शन गरेको छ ।
राष्ट्रपति पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जानुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाने हुनुभएको छ । यही कात्तिक १६ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको हो ।
नागरिकको काम छिटो छरितो गर्नुपर्छ : मन्त्री श्रेष्ठ
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले कानूनबमोजिमको अधिकार प्रयोग गरेर आम नागरिकको समस्या समाधान गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
अध्ययन अनुसन्धान एवम् नीति निर्माणमा सहकार्य गर्न राष्ट्र बैंक र महासंघबीच समझदारी
वृहत आर्थिक नीति निर्माण र औद्योगिक एवम् व्यवसायिक वातावरण सुदृढ बनाउन नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सझदारी भएको छ ।
तेक्वान्दो सङ्घद्वारा पलेशा सम्मानित
नेपाल तेक्वान्दो सङ्घले चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा काँस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।
तिहारका लागि विद्यार्थीद्वारा फूल उत्पादन
सुनकोसी गाँउपालिका –३ स्थित प्रगतिशील माविमा अध्ययनरत विद्यार्थीले पढाइसँगै सयपत्री फूल खेती गरेर फूल उत्पादन गरेका छन् ।
जनताको हित हुने कामका लागि कलम चलाउँदा डराउन पर्दैन : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले देश, जनताको हित र मुलुकको प्रगति हुने निर्णय लागि कलम चलाउन कोही पनि डराउन नहुने धारणा राख्नुभएको छ ।
जीतपुरको भू-इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन
खानी तथा भूगर्भ विभागले देशभरका विभिन्न सहरको भू-इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन गरेको छ । विभागले नेपालका विभिन्न भागमा विकसित हुँदै गएको सहरको भूवनोट र उक्त स्थानमा सहर बस्न हुन्छ कि हुँदैन भन्ने उद्देश्यका साथ वि.सं.२०५२ देखि प्रत्येक वर्ष एक सहरको अध्ययन गर्दै आएको हो ।
प्राधिकरणले ६५ लाख बक्यौता रकम उठायो
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले यही कात्तिक १२ गतेदेखि १६ गतेसम्ममा ६५ लाख २० हजार बक्यौता रकम उठाएको छ ।
ओमान विश्वकपमा छनोट
ओमान सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी-२० विश्वकपमा छनोट भएको छ । आज र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बहराइलाई १० विकेटले पराजित गर्दै ओमान विश्वकपमा छनोट भएको हो ।
कार दुर्घटनामा चार जना घाइते
बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारबेँसीमा कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
छठ पर्वका लागि गुह्रेश्वरीमा एक्जाभेटरको प्रयोग गरी बागमती सफा गरिँदै
छठ पर्व नजिकिँदै गर्दा काठमाडौंको गुह्रेश्वरी क्षेत्रमा एक्जाभेटरको प्रयोग गरी बागमती सफा गरिँदै छ । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी काठमाडौंमा पनि सुरु गरिएको हो ।