सीप कार्यक्रममा सूचीकृत हुन आग्रह
काठमाडौँ महानगरपालिकाले चालु शैक्षिक सत्रका लागि शिक्षामा सीप कार्यक्रममा प्रशिक्षण दिन चाहने सङ्घसंस्था तथा व्यक्तिहरूलाई विद्यालयमा सूचीकृत हुन अनुरोध गरेको छ ।
दुई पाइलटको लाइसेन्स निलम्बन
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ ।
धान रोप्नेदेखि काट्नसम्म तराई र भारतका श्रमिकको भर
यतिबेला चितवन जिल्लाका किसानलाई धान काट्ने र भित्र्याउने चटारो छ । जिल्लाको पश्चिम, पूर्वी र माडी क्षेत्रका किसान धान काट्न र भित्र्याउन व्यस्त छन् । धान स्याहार्न जिल्लामा श्रमिक पाइन छाडेपछि यहाँका किसानलाई धान रोप्नेदेखि काट्नेसम्म मधेस प्रदेश र तराईका श्रमिकको भर पर्नुपरेको छ ।
बिरामीले निःशुल्क पाउने औषधि पाएनन्
बीमाको रकम समयमै भुक्तानी नहुँदा सिन्धुली अस्पतालले सञ्चालन गरेको फार्मेसीबाट बिरामीले निःशुल्क पाउने औषधि पाउन सकिरहेका छैनन् ।
दुईवटा विद्युत वितरण सबस्टेसन उद्घाटन
नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३/११ केभीका दुईवटा विद्युत वितरण सबस्टेसनको उद्घाटन भएको छ ।
चाडपर्वको समयमा रगत पाउन मुस्किल
चाडपर्वकै समय काठमाडौं उपत्यकालगायत देशैभर रगत अभाव भएपछि बिरामी मर्कामा परेका छन् । दशैँँ, तिहारजस्ता चाडपर्वमा रक्तदान कार्यक्रम नहुँनु र नेपाल रेडक्रस सोसाइटीले व्यवस्थापन प्रभावकारी नवनाउदाँ रगतको अभाव भएको पाइएको हो ।
तिप्लिङ पुगेर आयो सरकारी गाडी
धादिङबाट नुवाकोट, रसुवाको स्याप्रुबेसी हुँदै रुवीभ्याली–१, पाङसाङ पास पुगेको जीप । यो जीप रुवीभ्यालीको तिप्लिङ, सेर्तुङ र खनियाबासको किन्ताङफेदी हुँदै
धादिङबेसीबाट तिप्लिङ छिचोलियोे सडक सञ्जाल
धादिङको सबैभन्दा विकट बस्ती तिप्लिङमा मोटर बाटो जोडिएको छ । उत्तरी धादिङको सबैभन्दा दुर्गममा पर्ने रुविभ्याली गाउँपालिका–१ र २ मा पर्ने तिप्लिङमा धादिङबेँसीबाट मोटर बाटोले जोडेको हो ।
विद्युत् सर्ट भई आगलागी हुँदा चार पसलमा पूर्ण क्षति
काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका ४ समाज कल्याण चोकमा विद्युत् सर्ट भई आगलागी हुँदा चार वटा पसल पूर्ण रूपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार शुक्रवार बिहान स्थानीय उद्धव प्रसाद तिम्सिनाको घरको सटरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको जनाएको छ ।
बालबालिकालाई भिटामिन ‘ए’ र जुकोको औषधि खुवाइँदै
बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन थालेको हो ।
सोलार प्यानल
मकवानपुरको थाहा नगरपालिका–९ स्थित चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले सौर्य ऊर्जाका लागि घामबाट विद्युत् उत्पादन गर्न राखेको
आलोचना गर्न नसकेपछि मेरो विरोध गरिरहेका छन्: ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आलोचना गर्न नसकेपछि विरोध भइरहेको बताउनुभएको छ ।
नेपाल र युएई भिड्दै
आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत आज हुने सेमिफाइनलमा नेपाल र युएईले प्रतिस्पर्धा गर्नेछन् । खेल मुलपानी माथिल्लो मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
‘कुनै पनि भाषाको अपमान गर्नु हुँदैन’
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन बुझाइएको छ । आयोगका सदस्य सूर्यबहादुर गुरुङले आयोगको आर्थिक वर्ष २०७९/८०
धुलिखेलबाट दश क्विन्टल चिनी बरामद
काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट बिहीबार सवारीसाधन जाँचका क्रममा ३३ बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको छ ।
बिचौलियाको उठबस भएपछि क्यान्टिन हटाउन निर्देशन
सरकारी कार्यालयको परिसर भित्र सञ्चालनमा रहेका क्यान्टिनहरूमा बिचौलिया दलालहरूको उठबस बढी भएको गुनासो पछि जिल्ला प्रशासन कार्यालय धादिङले सञ्चालित सबै क्यान्टिन हटाउन निर्देशन दिएको छ ।
प्रहरीमा इन्स्पेक्टर देखि असई पदसम्म १२८ जनाका लागि जागिर खुल्यो
नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षक देखि प्राविधिक प्रहरी सहायक निरीक्षक सम्मको पदमा जागिर खुलेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै १२८ जनाका लागि आवेदन खुल्ला गरेको छ ।
अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा
तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो ।
रगतको आहालमा कोही पानी पानी भन्दै थिए ....
खोइ त्यो घटनामा म कसरी बाँचेँ । भन्नै सक्दिनँ । बङ्करभित्र पनि आक्रमण भएपछि किचन बङ्करमा लुक्न गएका थियौँ । मैले त्यहाँ राखिएका चामलका बोराको छेको लागेर आँखा चिम्म गरेर भगवान्लाई सम्झिरहेँ ।
संसद्को दोस्रो अधिवेशन, कानुन निर्माणमा निकै सुस्त
ठिक छ महिना चलेको सङ्घीय संसद्को अधिवेशन विधायिकी कार्यका दृष्टिले निकै फितलो भएको छ । १८० दिनसम्म चलेको अधिवेशनमा बजेटका तीन नियमितबाहेक एक मात्र विधेयक दुवै सदनबाट पारित भएको छ । सङ्घीय संसद्का दुवै सदनमा गरी २१ विधेयक अझै विचाराधीन छन् । जसमध्ये अधिकांश प्रतिनिधि सभाका विभिन्न चरणमा छन् । राष्ट्रिय सभामा अब तीन विधेयक विचाराधीन छन् । गत वैशाख २४ गतेबाट सुरु भएको अधिवेशनमा दुवै सदनबाट मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक (मिटरब्याजी) पारित भयो । यस्तै विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पारित भएका छन् । अन्य विधेयक विभिन्न चरणमा विचाराधीन छन् ।
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी
गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको छ । सरकारले विश्वको ठुलो खुला सङ्ग्रहालय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (संयुक्त राष्ट्रसङ्घीय अङ्ग–युनेस्को) को जवाफ पर्खिरहेको छ । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गका अनुसार तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न स्थानीय सरकार, स्थानीय तह, स्थानीय बासिन्दा, विज्ञहरूसँग छलफल र सिमानाबारे प्रस्ट पारेर युनेस्कोलाई पत्र पठाइएको छ ।
नेपाल विकासशील मुलुक बन्दा स्वास्थ्य क्षेत्र प्रभावित हुने
सन् २०२६ सम्ममा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदा स्वास्थ्य क्षेत्र बढी प्रभावित हुने बताइएको छ । स्वास्थ्यमा खोप, औषधि तथा औषधि उपकरणजस्ता क्षेत्र बढी प्रभावित हुने बताइएको हो ।
पीडितलाई न्याय हुनेगरी शान्ति प्रक्रिया टुङ्गिनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक द्वन्द्वताका पीडितभएकाहरुलाई न्याय हुनेगरी मात्र शान्ति प्रक्रिया टुङ्गिनुपर्ने बताउनुभएको छ । बिहीवार संसद भवनमा बसेको संसदीय दलको संयुक्त बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।
देशको अर्थतन्त्र सकारात्मक बाटोमा छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले सो कुरा बताउनुभएको हो ।