वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या
वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा प्राविधिक समस्या आएको छ ।
काठमाडौँ युनेस्कोको ‘फिल्मको रचनात्मक सहर’को सूचिमा
राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचिकृत गरेको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँ महानगरपालिकाले यसबारेमा जानकारी गराएको हो ।
गोठाटारमा एक राउण्ड गोली चल्यो, भारतीय नागरिक घाइते
काठमाडौँको गोठाटारमा एक राउण्ड गोली चलेको छ । गोलीबाट एक जना भारतीय नागरिक घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौँ-३ गोठाटारमा लागू औषधको कारोबार भईरहेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरीमाथि करिब साढे एक बजे लागू औषध कारोबारीले आक्रमण गर्दा प्रहरीले जवाफी कारबाही गरेको हो ।
नगद र सुनका गहना चोरी गर्ने तीन पक्राउ
काठमाडौँको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीन जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
राष्ट्रियसभाको रिक्त हुने पदमा माघको दोस्रो सातासम्म निर्वाचन हुने
निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्तासम्ममा गर्नेगरी तयारी गरेको छ । आयोगले अगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रिय सभा सदस्य पदका लागि माघको दोस्रो हप्तासम्ममा निर्वाचन गर्ने तयारी गरेको हो ।
भारतीय सयपत्री फूलको माला आयातमा रोक
सरकारले भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको छ । तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले यसवर्ष भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको हो ।
नेकपा एमालेको चियापन सुरु
नेकपा (एमाले)ले हिन्दुको महान् चाड बडादसैं, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा बुधबार आयोजना गरिएको चियापन सुरु भएको छ ।
विमानस्थलबाट फर्काएकासँग नक्कली कागजात
भ्रमण भिसामा विदेश जान लागेका माथि शङ्का लागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएकासँग नक्कली कागजात र शैक्षिक प्रमाणपत्र रहेको फेला परेको छ । उनीहरूलाई गिरोहको समूहले नक्कली कागजात र शैक्षिक प्रमाणपत्र बनाएर भ्रमण भिसामा विदेश पठाउन लागेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालउपर उजुरी आह्वान
संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी आह्वान गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्याल उपर उजुरी आह्वान गरेको हो ।
सर्वोच्चमा रिगलविरुद्धको मुद्दामा सुनुवाइ जारी
सर्वोच्च अदालतमा योगराज ढकाल (रिगल) को कैद मिनाहा गरी आममाफी दिने निर्णयविरुद्धको मुद्दामा सुनुवाइ भइरहेको छ ।
भरतपुर भ्रमण वर्ष २०२४ मा तीन लाख पर्यटक भित्र्याउने तयारी
चितवनको भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ मा तीन लाख पर्यटक भित्र्याउने गरी काम अगाडि वढाएको जानकारी दिएको छ ।
घरजग्गा कारोबारमा वृद्धि, एक महिनामै १८ प्रतिशतभन्दा बढी कारोबार
काठमाडौँमा पछिल्लो समय घरजग्गा कारोबार बढ्दै गएको छ । सरकारले जग्गा कित्ताकाट फुकुवा गरेसँगै घरजग्गा कारोबारमा पनि वृद्धि भएको छ ।
आजको मौसम : हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । हाल कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज एमालेको चियापान
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आज दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
लप्चीवासीले जोहो गरे हिउँदे खाद्यान्न
दोलखाको बिगु गाउँपालिका–१ का उत्तरी दुर्गम लप्चीवासीले हिउँदभरि पुग्ने खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको जोहो गरेका छन् । करिब चार वर्षपछि चीनसँग सिमाना जोडिएको दोलखाको
उच्च जोखिममा मकवानपुरका सिमसार
मकवानपुरमा रहेका सिमसार क्षेत्रहरू उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ । २०७२ को भूकम्प, अतिक्रमण, जलवायु परिवर्तनलगायतका कारण सिमसार क्षेत्रहरू जोखिममा पर्दै गएको डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरले जनाएको छ । जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका सिमसार क्षेत्रहरूको पहिचान र अध्ययन गर्ने क्रममा सो तथ्य खुलेको हो ।
न्यायाधीश सिन्हाकाे बिदाइ
सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा उमेर हदका कारण आजदेखि सेवानिवृत्त हुनुहुने भएको छ । उहाँलाई मंगलबारनै अदालतले एक कार्यक्रम आयोजना गरी बिदाइ गरेको छ ।
रिगलकाे कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज हुँदै
काठमाडौँ, कात्तिक १५ गते । सर्वोच्च अदालतले योगराज ढकाल [रिगल] कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ आज पूरा नभएपछि आज [बुधबार] हुने भएको छ ।न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मगलबार भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो । मगलबार महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गर्नुभएको थियो ।आज बाँकी सुनुवाइ हुनेछ ।संविधान दिवसका अवसरमा यही असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकालको कैद मिनाहा भएको थियो । राष्ट्रपतिको निर्णयविरुद्ध हत्या गरिएका चेतन मानन्धरको पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमा सुनुवाइ भएको हो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वमा बहस भएको थियो ।गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि मगलबारका लागि सुनुवाइ तय गरिएको थियो ।गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्नेको कारणसहितको सम्पूर्ण सक्कल मिसिल गत असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो ।साथै, अदालतले कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेश गर्नका लागि उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेशी व्यवस्थापन गर्नसमेत आदेश दिएको थियो ।
शासक वर्गका कारण नेपालको विकास हुन सकेन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेको बताउनुभएको छ ।
जलवायु परिवर्तन सहयोग कोष वृद्धि गरिने
नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबिच आज शिष्टाचार भेटवार्ता भएको छ ।
शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रसङ्घको सहयोग हुने प्रमको विश्वास
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक पारित
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाको आज बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेस गर्नुभएको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस
“राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस भएको छ । मङ्गलबार बसेको राष्ट्रिय सभाको बैठकमा “राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” सम्बन्धी समितिको प्रतिवेदन पेस भएको हो ।
मलेसियालाई हराएर नेपाल सेमिफाइनलमा
कुशल भुर्तेल र कुशल मल्लको विस्फोटक ब्याटिङको सहयोगमा नेपालले मङ्गलबार मलेसियालाई छ विकेटले हराएर आइसिसी टी २० विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमिफाइनलमा स्थान बनाएको छ । समूह ‘ए’ बाट नेपाल र ओमानले एक खेलअघि नै अन्तिम चारमा स्थान बनाएका हुन् ।