जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायलाई विकसित मुलुकले सहयोग गर्नैपर्छ : महासचिव गुटेरेस
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायका लागि विकसित मुलुकले क्षतिपूर्तिका रूपमा आर्थिक र सामाजिक सहयोग गर्नेपर्ने बताउनुभएको छ ।
नेपालको शान्ति प्रक्रियामा सघाउन पाउँदा राष्ट्र सङ्घ गौरव गर्दछ : महासचिव गुटेरेस
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताउनुभएको छ ।
औद्योगिक कोरिडोरमा भरपर्दो विद्युत आपूर्ति दिन विद्युत प्राधिकरणको प्रयास
नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक कोरिडोरमा यस वर्ष भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेको छ ।
सङ्घीय संसदमा महासचिव गुटेरेसको सम्बोधन (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको दुवै सदनको संयुक्त बैठक सुरु भएको छ । मङ्गलबार अपराह्न ४ बजेबाट सुरु भएको संयुक्त बैठकलाई संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नुहुँदै छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कले गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ६४ दशमलव ४० को बिन्दुमा पुगेकोे हो ।
काभ्रेपलाञ्चोकमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ मा निसान ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मलेसियाद्वारा नेपाललाई १६६ रनको लक्ष्य
आइसिसी ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत जारी खेलमा मलेसियाले नेपाललाई एक सय ६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६५ रन बनायो । मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् ।
राष्ट्रियसभामा ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिने
राष्ट्रियसभामा ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिने भएको छ । विधायन व्यवस्थापन समितिको सोमबारको बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको थियो । गैरसरकारी विधेयकका रुपमा प्रस्तुत गरिने विधेयकमा मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाअनुरुप राष्ट्रिय मर्यादा क्रमसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ ।
जावलाखेलमा फूल प्रदर्शनी (फोटो फिचर)
ललितपुरको जावलाखेलमा फूल प्रदर्शनी सुरू भएको छ । मङ्गलबारदेखि १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी जावलाखेलमा सुरु भएको हो ।
भोलिदेखि जिरी च्याम्पियनसिप हुने
दोलखाको जिरीमा भोलिदेखि जिरी च्याम्पियनसिप सुरु हुनेभएको छ । युवा सञ्जाल जिरीको आयोजनामा जिरी च्याम्पियनसिप २०८० हुने भएको हो ।
मोटरसाइकल दुर्घटनामा एकको ज्यान गयो
दोलखामा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । भीमेश्वर नगरपालिका –७ मा भएको दुर्घटनामा परी गौरीशंकर गाउँपालिका –५ का ४० वर्षीय सुरीका रामकुमार खड्काको ज्यान गएको हो ।
बीउ बिजनसम्बन्धी नयाँ नियमावली छिट्टै पारित हुन्छ : मन्त्री भुसाल
कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले बीउ बिजनसम्बन्धी नयाँ नियमावली नबनेसम्म फुकाइएको बाधा अड्चनबाट काम गर्न सकिने बताउनुभएको छ ।
विश्वकप एसिया छनोट : बहराइन विजयी
आइसिसी टी २० विश्वकप एसियाको फाइनल छनोट अन्तर्गत आज भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ ।
नियम उल्लङ्घन गर्नेले सक्कल लाइसेन्स नै बुझाउनुपर्ने
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिक एपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिङ्क रहेपनि नियम उल्लङ्घनपछि कारबाहीका क्रममा सक्कल लाइसेन्स नै बुझाउनुपर्ने स्पष्ट पारेको छ ।
चार सयभन्दा बढीले लिए राष्ट्रिय परिचयपत्र
रामेछापमा तीन महिनाको अवधिमा चार सयभन्दा बढी नागरिकले बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्र लिएका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापले २०७७ साउन १ देखि राष्ट्रिय परिचयपत्रको फाराम भर्ने कार्यको थालनी गरेको थियो ।
नेपाल र मलेसिया भिड्दै
आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसियाबिच प्रतिस्पर्धा हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।
प्रदेश सरकारद्वारा लोपोन्मुख समुदायको स्वास्थ्य बिमा
बागमती प्रदेश सरकारले सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित, ‘ख’ वर्गका अपाङ्गता व्यक्तिको स्वास्थ्य बिमा गरिदिने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले पाँच करोड २५ लाख रुपियाँ खर्च गरेर स्वास्थ्य बिमा गर्न लागेको हो । स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम अनुसार पछाडि पारिएका समुदायको स्वास्थ्य बिमा गरिदिन लागेको जानकारी दिनुभयो । बिमा कार्यक्रमबाट वनकरिया, सुरेल, माझी, चेपाङ, थामी, बोटे, दनुवारलगायतका समुदाय लाभान्वित हुने भएका छन् ।
नयाँ घरमा सुकुमलाल
कटेरोमा बास बस्दै आएका सुकुमलाल प्रजाको परिवारले यो वर्षको दसैँ चिटिक्कको नयाँ घरमा मनाएको छ । मनकारी दाता र सहयोगी संस्थाको सहयोगमा दुईकोठे भवन बनेसँगै यो वर्षको दसैँ सुकुमलाल र उहाँको परिवारले खुसियाली साटासाट गर्दै मनाएका हुन् । उहाँको बारेमा गोरखापत्रमा समाचार प्रकाशित भएको थियो ।
ट्राफिक कारबाही तीव्र
नियम उल्लङ्घन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौँ उपत्यकाको तीनै जिल्ला ९काठमाडौँ, ललितपुर र भक्तपुर०मा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ ।
महासचिव गुटेरेसले आज संसदमा सम्बोधन गर्नुहुने
तीन दिने औपचारिक नेपाल भ्रमण आउनु भएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्नुहुने भएको छ । महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई उहाँले सम्बोधन गर्नुहुने संघीय संसद सचिवालले जनाएको छ ।
एक सातामा २१ हजारभन्दा बढीले गरे कालिन्चोक भगवतीको दर्शन
धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्त्व मात्र होइन पर्यटकीय महत्त्व समेत बोकेको दोलखाको कालिन्चोक भगवतीको बडा दसैँको एक सातामा २१ हजारभन्दा बढीले दर्शन गरेका छन् ।
मौसमः आज देशभर बदली र हल्का वर्षाको सम्भावना
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
निकुञ्जबाट मनग्गे राजस्व सङ्कलन
दसैँको समयमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकबाट एक करोड ८५ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । असार १६ देखि असोज १६ सम्म निकुञ्ज प्रवेश रोक लगाएर खुलेलगत्तै जङ्गल सफारीबाट राजस्व सङ्कलन गर्न सफल भएको हो । दसैँमा निकुञ्ज प्रवेश गर्ने वृद्धि भएसँगै राजस्व बढेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्म निकुञ्ज प्रवेश गर्नेबाट एक करोड ८५ लाख ४४ हजार ९५० रुपियाँ राजस्व सङ्कलन भएको हो । विदेशी पर्यटकबाट मात्रै एक करोड २० लाख रुपियाँ सङ्कलन भएको छ । यस अवधिमा छ हजार ४८ जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।
सय वर्षभन्दा पुराना घरको सङ्ख्या ३९ हजार
देशभरका ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये ०.५ प्रतिशत घर एक सय वर्षभन्दा पुराना भएको पाइएको छ । देशभरमा रहेका पक्की र कच्चीसहितका उक्त घरमध्ये ३९ हजार ६७६ घर एक सय वर्षभन्दा बढीका रहेका छन् । ती घरलाई पुराना घरको रूपमा हेरिएको छ ।