बुद्धिचाल महासङ्घको कार्यवाहक अध्यक्षमा महर्जन
नेपाल बुद्धिचाल महासङ्घको कार्यवाहक अध्यक्षमा हेराकाजी महर्जन नियुक्त हुनुभएको छ ।
रत्नपार्कमा ग्राण्डी इन्टरनेशनल हस्पिटलको स्वास्थ्य शिविर
विश्व पक्षघात दिवसको अवसरमा आइतबार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा नेपाल पक्षघात संघ र ग्राण्डी इन्टरनेशनल हस्पिटल लगायतका अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरुले जनचेतनामुलक कार्यक्रम गरेर मनाइएको हो ।
अस्थायी भर्ना गर्न दरबन्दी लुकाइने
प्रदेश मन्त्रालय तथा स्थानीय तहले कर्मचारी पदपूर्तिका लागि माग फाराम भरी पठाउनुपर्ने व्यवस्था भए पनि अधिकांश मन्त्रालय र स्थानीय तहले माग फाराम भर्ने गरेका छैनन् । प्रदेश लोक सेवा आयोग ऐन २०७६ मा बागमती प्रदेश सरकार र प्रदेशभित्रका स्थानीय तहका विभिन्न निकायमा विभिन्न सेवा समूह र तहका रिक्त पदपूर्तिका लागि मन्त्रालय र स्थानीय तहले अनिवार्य माग फाराम भर्नुपर्ने हुन्छ ।
पाण्डव पार्क निर्माण सुरु
दोलखाको भीमेश्वर नगरपालिका–४ स्थित जिलु सामुदायिक वन क्षेत्रको ७५ रोपनी जग्गामा देउराली पाण्डव पार्क निर्माण सुरु भएको छ । गुरुयोजनामा उल्लेख भएकोमध्ये बागमती प्रदेशको एक करोड रुपियाँभन्दा बढी लगानीमा केही संरचना निर्माण भएका देउराली पाण्डव पार्क निर्माण उपभोक्ता समिति अनुगमन समिति संयोजक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ बन्ने
कोटेश्वर–जडीबुटी सडकखण्डमा भेहिकल अन्डरपास र फ्लाइओभर निर्माण गर्न अध्ययन प्रतिवेदन बुझाइएको छ । सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर राधिका प्रजापतिले कोटेश्वर–जडीबुटी सडकखण्डमा अन्डरपास र फ्लाइओभर निर्माण हुने बताउँदै त्यसका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अध्ययन गरेर सोको प्रतिवेदन सडक विभागलाई बुझाएको जानकारी दिनुभयो । कोटेश्वर र जडीबुटी क्षेत्रको ट्राफिक जाम समस्या समाधान उपायसहितको अध्ययन गर्न सरकारले जाइकालाई जिम्मेवारी दिएको थियो ।
महासचिव गुटेर्रेसले संसद्मा सम्बोधन गर्नुहुने
काठमाडौँ, कात्तिक १२ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आन्तरिक तयारी अघि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा उहाँले आजदेखि बुधबारसम्म नेपालको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनको व्यवस्था गर्न सरकारले गरेको पत्राचार अनुसार सचिवालयले आन्तरिक तयारी थालेको हो । सचिवालयले बैठक कक्षको सजावटलगायतका काम अघि बढाएको छ । आइतबार पनि प्रतिनिधि सभाको बैठक डाकिएकाले केही तयारी भने बैठकपछि मात्र हुने छ ।
राजनीतिक दल र राज्यका संस्थाप्रति आमनागरिकको विश्वास घटेको छैन : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरूप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताउनुभएको छ ।
राष्ट्रसङ्घका महासचिवको भ्रमणबाट विश्वमा नेपालको प्रतिष्ठा बढ्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।
दसैँ बिदामा सौराहाका होटल भरिभराउ
दसैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दसैँअघि सुनसान रहेका होटल दसैँपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका हुन् ।
कांग्रेस चियापान कार्यक्रम : प्रधानमन्त्री प्रचण्ड लगायतका शीर्ष नेता सानेपामा
नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुभएको छ ।
कांग्रेसको चियापानमा एमाले शीर्ष नेता सहभागी (फोटो फिचर)
नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले)का शीर्ष नेताहरु सहभागी हुनुभएको छ ।
बागलुङमा संस्थागत सुत्केरी हुनेको सङ्ख्यामा वृद्धि
बागलुङको गलकोट नगरपालिका-२ नरेठाँटीमा रहेको बर्थिङ सेन्टरमा गत आर्थिक वर्ष ४० जना गर्भवतीले शिशु जन्माए । गलकोटको केन्द्रसँग जोडिएको नरेठाँटीमा अहिले उक्त बर्थिङ सेन्टर स्थापना भएपछि शून्य ‘होमडेलिभरी’ भएको तथ्याङ्क छ ।
नेपालभाषा साहित्य सम्मेलन सम्पन्न
६२ औँ विराट नेपालभाषा साहित्य सम्मेलन बिहीबार भक्तपुरको बिकुमछेँमा सम्पन्न भएको छ । महेन्द्र गोपाल कर्माचार्यको अध्यक्षतामा वरिष्ठ साहित्यकार डा. योगेन्द्र प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालभाषा आन्दोलनका अग्रज मल्ल के सुन्दरलाई एक लाख नगद राशिसहित विराट पूर्ण वैद्य लुमन्ति सिरपाः प्रदान गरिएको छ ।
ओझेलमा मण्डनको कोटथुम्का
काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका-१० कोटथुम्का अर्थात् चण्डेनी मण्डन, जहाँबाट मौसम खुलेको बेला विश्वको उच्च हिमशिखर सगरमाथाको चुचुरो देख्न सकिन्छ । त्यससँगै गणेश, जुगल, गौरीशङ्कर, लाङटाङलगायत अग्ला हिमशृङ्खलाहरूको दृश्यावलोकन यही स्थानबाट गर्न सकिन्छ ।
विगतजस्तो उत्साहजनक बन्न सकेन दसैँ
बडादसैँमा संस्कृति धान्ने काम भए पनि विगतको जस्तो हर्षोल्लास भने छाउन नसकेको पाइएको छ । देशमा देखिएको चरम आर्थिक मन्दी र युवा जनशक्तिको पलायनले दसैँ विगतजस्तो बन्न नसकेको हो ।
नेपाली कांग्रेसको शुभकामना र चियापान सुरु
कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
बक्यौता महसुल उठाउन लाइन काट्दै प्राधिकरण
विद्युत उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि नेपाल विद्युत् प्राधिकरणले त्यस्ता उपभोक्ताको लाइन काट्ने कार्यलाई तीव्रता दिने भएको छ ।
नेपाल र संयुक्त राष्ट्रसङ्घ : ६५ वर्षदेखि दर्बिलो साथ र सहयोग
संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा नेपालको ६५ वर्षदेखि दर्बिलो साथ र सहयोग रहँदै आएको छ भने नेपालको परराष्ट्र नीतिमा पनि राष्ट्रसङ्घकै बडापत्रको सिद्धान्तलाई सर्वाधिक प्राथमिकता दिइएको छ ।
उपत्यकाको लोपोन्मुख पर्व यः सिं गुं आजबाट सुरु (फोटो फिचर)
काठमाडौँ उपत्यकाको लोपोन्मुख यः सिं गुं पर्व आजबाट सुरु भएको छ । शनिबारबाट भीमसेन स्थान परिसरमा महिलाहरूद्वारा लिङ्गो ठड्याएर पर्व सुरु भएको हो ।
टी-२० विश्वकप छनोटमा खेल्ने, नेपाल टिमको चयन
आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा खेल्ने १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार घोषित टिममा रोहित पौडेलको कप्तान पद यथावत् छ ।
गुफै गुफाले घेरिएको बज्रयोगिनी मन्दिर (फोटो फिचर)
काठमाडौँको शंखरापुर नगरपालिका वडा नं. ८ मा रहेको प्राचीन मन्दिर बज्रयोगिनी मन्दिर गुफै गुफाले भरिएको छ । यस क्षेत्रमा नौ वटा गुफा रहेका छन् ढुङ्गेयुगका यी गुफाहरूमा विभिन्न भगवानका मूर्तिहरू समेत रहेका छन्।
आज कोजाग्रत पूर्णिमा: बेहुलाको घरमा कोसेली पठाएर मनाइँदै
आज कोजाग्रत पूर्णिमा । विधिवत् रूपमा महालक्ष्मीको पूजापाठ गर्दै यस वर्षको विजयादशमीको समापन गरिदैं छ । महालक्ष्मीको पूजापाठ गर्दै कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम रहने चलन छ । यद्यपि मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमा मनाउने चलन फरक किसिमको छ ।
दसैँ सुरक्षा : उपत्यकामा १०३ घटना, दुईको मृत्यु, ११८ घाइते
विगतका तुलनामा दसैँ शान्तिपूर्ण भएको र कुनै ठूला घटना, दुर्घटना नभएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ । फूलपातीयता आजसम्म केही छिटफुट घटना भए पनि ठूला आपराधिक घटना, चोरी डकैती, तथा दुर्घटना नभएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
जसपाको केन्द्रीय समिति बैठक
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।