अनुदानको बीउबाट राम्रो उत्पादन नहुँदा किसान चिन्तित
खैरहनी नगरपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको धानको बीउबाट राम्रो उत्पादन नभएपछि किसान चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा ७५ प्रतिशत कमी हुने देखिएपछि यस क्षेत्रका किसान चिन्तित बनेका हुन् ।
दसैँको मौका छोपी बढी भाडा लिने माइक्रो बस कारबाहीमा
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ । दमौलीबाट काठमाडौँ जाने माइक्रोले प्रतिव्यक्ति एक हजार भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले उक्त माइक्रोलाई जरिबाना तिराएर कारबाही गरेको छ भने यात्रुहरुको भाडा फिर्ता गराएको छ ।
प्रधानसेनापति शर्मा चीन प्रस्थान
प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गर्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा र बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गर्नुभयो ।
रगत पाउन समस्या, रक्तदान गर्न आह्वान
पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै रगत अभाव भएको छ । दसैँ सुरु भएदेखि नै रक्तदानलगायत रगत उपलब्ध हुने कार्यक्रम ठप्प भएपछि रगत अभाव भएको हो ।
टी ट्वान्टी क्रिकेट : नेपालले युएईलाई दियो १६३ रनको लक्ष्य
त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जित्न नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई १६३ रनको चुनौती दिएको छ ।
भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु
सबैतिर दसैँको टीका लगाइरहँदा यहाँको भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चिकित्सकसहित दस स्वास्थ्यकर्मी खटिएका थिए ।
दुर्घटनामा एकको मृत्यु, तीन सख्त घाइते
चितवनमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।
मखमली फूल टिप्दै
सूर्यविनायक नपा–७ गुण्डुमा म्हःपूजा तथा भाइटीकालाई नभई नहुने मखमली फूल टिप्दै स्थानीय कृषक महिला । आफ्नो खेतमा लगाएको व्यावसायिक मखमली फूल अहिले टिपेर माला उनेर राख्ने र तिहारमा बेच्न गरिन्छ । एक मालाको २५-३० रूपैयामा बिक्री हुने बताइएको छ ।
दसैँ मनाएर उपत्यका फर्कनेको भिड बढ्न थाल्यो
दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिन थालेको छ ।
एमालेको चियापान कार्यक्रम १५ गतेलाई सर्यो
नेकपा (एमाले) को चियापान कार्यक्रम निर्धारित समयभन्दा एक दिन ढिलोगरी १५ गतेका लागि सरेको छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार दसैं, तिहार, छठ लगायतको पर्वको अवसरमा आयोजना हुने चियापान कार्यक्रम एक दिन पछि सरेको हो ।
टाकुरामा रहेको धादिङको ऐतिहासिक भैरवी मन्दिर
धादिङको ऐतिहासिक भैरवी मन्दिर पहाडको चुचुरोमा छ । दुईतिर कहालिलाग्दो भिर छ, अर्को दुईतिरबाट मन्दिर प्रवेश गर्ने गोरेटोमा सिँढी हालिएको छ ।
मोटरबोटमा आन्तरिक पर्यटक
चितवनको नारायणी नदीमा बिहीबार मोटरबोटमा जलबिहार गरिरहेका आन्तरिक पर्यटक ।
पर्यटकीय क्षेत्र बन्दै चितवनको रानीपोखरी
भरतपुर महानगरपालिका–१९ स्थित रानीपोखरी पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको छ । प्राचीनकालमा निर्माण गरिएको यस पोखरीको संरक्षण र सम्बद्र्धनका लागि सरकारले बजेट विनियोजन समेत गरेको छ ।
अटो दुर्घटना हुँदा चार जना घाइते
मकवानपुरको मकवानपुरगढी गाउँपालिका –७ दुम्सीडाँडास्थित भित्री कच्ची सडकखण्डमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
पर्यटन प्रवर्द्धन गर्न छ दिने बुलेट राइड
नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ छ दिनको बुलेट राइडको आयोजना हुने भएको छ ।
मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवईगु जात्रा
तत्कालीन राजदरबारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्धकला प्रदर्शन गर्दै खाँ पिहाँवईगु जात्रा सम्पन्न गरेको हो ।
नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट
वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन् । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन भएका हुन् ।
यु–१९ क्रिकेट उपाधि विजेता टोली स्वदेश फर्कियो
मलेसियामा भएको एसी सी यु–१९ प्रिमियर कपको उपाधि विजेता नेपाली पुरुष क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।
क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु
मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
रसुवाका ग्रामीण सडक खुला
वर्षायामको भेल र पहिरोका कारण बन्द रसुवाका सबै ग्रामीण सडक अहिले खुला भएको छ । जिल्लाका पाँचवटै गाउँपालिकाभित्र अवरुद्ध रहेका ग्रामीण सडक स्काभेटरको सहायताले खाल्टाखुल्टी पुर्ने र पहिरो पन्छाएर सडक सुधार गरिएको हो ।
भीमफेदीमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
काठमाडौँबाट हेटौँडातर्फ आउँदैगरेको स्कुटर मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा बुधवार साँझ ५ बजेर ४० मिनेटमा दुर्घटना हुँदा स्कुटर चालक श्रीमान् घाइते हुनुभएको छ । स्कुटर पछाडि बस्ने उहाँको श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ ।
‘ओटिटी’ निर्मातालाई आम्दानीको नयाँ स्रोत
ओटिटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो ।
पचली भैरवको बाह्र वर्षे खड्ग सिद्ध जात्रा सुरु (फोटो फिचर)
हरेक १२ वर्षमा निकालिने श्री पचली भैरवको बाह्र वर्षे जात्रा हिजोदेखि विधिवत रुपमा सुरु भएको छ । सामान्य बोलीमा पचली भैरवको बाह्र वर्षे नाच भनिए पनि यो नाचको खास नाम भने ‘श्री पचली भैरवको खड्ग सिद्धी नाच’ यानिकी नेपाल भाषामा यसलाई गथु प्याखँ भनिन्छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।